बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्ने छु : मनोज जंग थापा

आइतवार , आश्विन २३, २०७९

सिन्धुली संघिय क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको मनोज जंग थापाले सिन्धुलीमा सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्तापछि पत्रकारसँगको कुराकानीमा थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई लोकन्त्रातिक व्यवस्थाको माध्यमबाट सुखि नेपाली र समृद्ध नेपाल बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । “नेकपा एमालेको मुल नारा भनेको सुखि नेपाली र समृद्धि नेपाल बनाउने हो । त्यसका लागि सुशासन, विकास र समृद्धिको आवश्यकता पर्छ । नेपाललाई लोकन्त्रातिक व्यवस्थाको माध्यमबाट सुखि नेपाली र समृद्ध नेपाल बनाउनका लागि र सिन्धुलीमा सुशासन, समृद्धि, विकासको आधार निर्माण गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ ।” उहाँले भन्नुभयो ।

राष्ट्रियताको रुपमा सिन्धुलीबासीले लडाइ लडे र जिल्लाले नेपालको लोकन्त्रातिक आन्दोलनमा ठुलो योगदान पुर्‍याउनुको बाबजुद पनि जिल्लामा विकास हुन नसकेको उहाँको भनाइ छ । विकास नहुनुको मुख्य कारण भनेको विगतका प्रतिनिधिसभाका सासंदले जिल्लाबासीलाई झुटो आशवासन दिएको उहाँको आरोप छ । त्यसलाई सुधार गर्दै सिन्धुलीलाई पाँच ‘प’को सिद्धान्त (पानी, पर्यटन, पुर्वधार, परिवार र परिश्रम) जोडेर विकासको नयाँ आधार बनाउने उहाँले प्रतिवद्धता गर्नुभयो । साथै सामाजिक क्षेत्रमा महिला, दलित, उत्पीडित क्षेत्र, उत्पीडित जातीका समस्याहरुलाई सम्बोधन गर्ने उहाँले बताउनुभयो । कमलामाई नगरपालिकामा आर्यको क्षेत्रलाई विस्तार गर्ने योनजा बनाएको थापाले बताउनुभयो । “कमलामाई नगरपालिका भित्र अत्याधुनिक औषधि उत्पादन गर्ने उद्योग स्थापना गरेर बार्षिक ३० देखि ५० करोड आम्दानी हुने व्यवस्था गर्ने छौँ ।” उहाँले भन्नुभयो । उहाँले सिन्धुलीमा विकासको बाटो खुल्ने, सुशासन कायम हुने, भष्ट्रचारको अन्त्य र समृद्धिको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

२०२५ सालमा सिन्धुलीको कमलामाई नगरपालिका ५ मा जन्मनुभएका थापाले कमला उच्च माध्यमिक विद्यालयबाट एसएलसि उत्तिर्ण गर्नुभएको थियो भने भारतमा सिभिल इन्जिनियरिङमा स्नातक गर्नुभएको छ । उहाँले सूचना प्रविधिको दर्शनशास्त्रीय पक्षको समेत अध्ययन गर्नुभएको छ ।

नेकपा एमालेको बुद्धिजिवि परिषदको केन्द्रिय इन्चार्ज समेत रहनुभएका थापाले पार्टी नेतृत्वलाई देशका मुख्य मुद्धाहरुमा राय, सुझाव दिदैँ आउनुभएको छ । पार्टीको माथिल्ला तहको कार्यसम्पादनमा सक्रिय देखिनुभएका थापा पहिलो पटक निर्वाचनमा होमिदैँ हुनुहुन्छ ।

 

प्रतिक्रिया