शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा ० मत पाएका उम्मेदवारलाई ३ लाख ५० हजार जरिवाना

शुक्रवार , आश्विन ७, २०७९

सिन्धुली– गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने सिन्धुलीका उम्मेदवारहरूबाट निर्वाचन आयोगले २८ करोड ९७ लाख ५० हजार रुपैँया जरिवाना असुल्ने भएको छ । कुनै पनि मत नपाएका सुनकोशी गाउँपालिकाको स्वतन्त्रतर्फका अध्यक्ष उम्मेदवार टीका प्रसाद आचार्यले खर्च विवरण नबुझाएकामा उहाँलाई आयोगले तीन लाख ५० हजार रूपैयाँ जरिवाना तोकेको छ । त्यस्तै, दुई मत पाउनुभएका सोहि गाउँपालिकाको स्वतन्त्रतर्फका अध्यक्ष उम्मेदवार उत्तम कुमार लामालाई पनि आयोगले तीन लाख ५० हजार रुपैँया जरिवाना तोकेको छ । त्यसैगरि, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट कमलामाई नगरपालिकाको ८ नम्बर वडाका वडासदस्य उम्मेदवार हेमा थिङले कुनैपनि मत पाउनुभएन । तर, उहाँसँग आयोगले दुई लाख रुपैँया जरिवाना असुल्ने भएको छ ।

घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ का वडासदस्य स्वतन्त्र उम्मेदवार राम कुमार रामदामले एक मत मात्र प्राप्त गर्नुभएको छ । उहाँसँग आयोगले १ लाख ५० हजार रुपैँया जरिवाना असुल्ने भएको छ । त्यस्तै, सुनकोशी गाउँपालिका ४ नम्बर वडाका स्वतन्त्रतर्फ अध्यक्ष उम्मेदवार सिंह लामाले जम्मा एक भोट प्राप्त गर्नुभएको छ । उहाँलाई आयोगले १ लाख ५० हजार रुपैँया जरिवाना तोकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया