सिन्धुली– एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सिन्धुलीको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । संगठनको अधिवेशन शनिवार सिन्धुलीमाढीमा सुरु भएको थियो ।
अधिवेशनले इन्चार्ज अमृत घिसीङ र सन्तोष कुमार श्रेष्ठको अध्यक्षतामा २९ सदस्सीय जिल्ला समन्वय समिति सर्वसमहमत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा खेमहरी बराल, सचिवमा पद्मशंकर सुनुवार, कोषाध्यक्षमा निर्मला कुमारी श्रेष्ठ सर्वसमहमत निर्वाचित हुनु भएको छ ।
समितिको सदस्यहरुमा हरिबहादुर थापा, सरिता रम्तेल, तेजमान स्याङतान, कमल बस्नेत, मन्दिरा अधिकारी, दिलिप तिवारी, टंकप्रसाद तिमल्सीना, दिनेश प्रसाद कोईराला, दिपक बहादुर सुनुवार, माधव प्रसाद पौडेल, लिलाबहादुर पुर्वछाने, माधवप्रसाद काफ्ले, गोपिबहादुर भोलन, भक्तबहादुर सेन्चुरी, लोकबहादुर गरौजा, सत्यदेवी श्रेष्ठ, भवन आचार्य, गजेन्द्र श्रेष्ठ, शंकबुद्ध लामा, कृष्णबहादुर सुनुवार, सुमित्रा थापा मगर, रुद्धबर्ण राना, गणेशप्रसाद देवकोटा, हरिबहादुर खड्का र पर्शुराम तिमल्सीना रहेको निर्वाचन मण्डलका संयोजक विष्णुप्रसाद फुयाँलले जानकारी दिनुभयो ।
अधिवेशनले जिल्ला इन्चार्जमा अमृत घिसिङ सर्वसहमत निर्वाचित भएको छ । दुई दिन सम्म सञ्चालन भएको अधिवेशनले शिक्षकहरुको संगठनमा एक नम्बरको संगठन बनाउने उदघोषका साथ अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्नु हुदै नवनिर्वाचित एकीकृत अखिल नेपाल शिक्षक संगठनका इन्चार्ज अमृत घिसीङले एकदिनको चर्चाको लागी पद ओगटेको नभई आफ्नो एक मुठि श्वास रहेसम्म संगठन,पार्टी र जनताको लागी लडिरहने बताउनु भयो ।