बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा अनुगमनलाई फराकिलो बनाऊ

शुक्रवार , भाद्र ३१, २०७९

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको नेतृत्वमा केहि दिनअघि कमलामाई नगरपालिका ९ स्थित भिमानमा घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले अनुगमन गरेको छ । सरोकारवाला निकायलाई खबरनै नगरी अनुगमन हुँदा संचारगृह र जनप्रतिनिधिले गुनासो गरिरहेका छन् । तर, जे जसरी भएपनि स्वच्छे अनुगमन अहिलेको आवश्यकता हो । भत्ताकालागि मात्रै अनुगमन गर्ने भन्दा पनि बजारलाई सन्तुलित र स्वच्छ बनाउतर्फ जिम्मेवार निकायको ध्यान जान आवश्यक छ ।

नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ नजिकिएसँगै जिल्लाको बजार चलायमान भएको छ । बजारमा भिडभाड बढेको छ भने व्यापारले उचाई लिइरहेको छ । यता, उपभोक्ताहरु भने कालोबजारी, कार्टेलिङ, मनपरि शुल्क कायम लगायत विविध कारणले पिडामा छन् । सिन्धुलीमा व्यवस्थित बजार अनुगमन नहुँदा उपभोक्ता सन्तुष्ट छैनन् । जानी वा नजानि म्याद गुज्रिएको सामाग्री उपभोग गर्न उपभोक्ता बाध्य छन् । तसर्थ, जिम्मेवार निकायले अनुगमनलाई फराकिलो बनाउन जरुरी छ ।

जिल्लाका स्थानिय सरकारले बजार अनुगमनलाई प्राथमिकतामा राख्न सकिरहेका छैनन् । स्थानिय सरकारलाई बजार अनुगमनको अधिकार दिएतापनि जिल्लामा पर्याप्त अनुगमन हुन सकिरहेको छैन । थोक विक्रेताले मनपरि गर्दा खुद्रा व्यापारीपनि आफूखुशि मूल्य कायम गर्दै उपभोक्तालाई मारमा पारिरहेका छन् । तसर्थ, बजारमा देखिएका समस्याहरुको पहिचान गरि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न कञ्जुस्याईँ गर्नुहुदैँन । अतः बजार अनुगमनलाई फराकिलो बनाउदैँ दैनिक अनुगमन गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया