काठमाडौँ– पूर्व मन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घलेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बिग सप्राइज दिएकी छिन् । ९२ बर्षिया घलेले एमाले अध्यक्ष ओलीको बारेमा एउटा किताबनै लेखेकी छिन् । ओली प्रधानमन्त्री भएका बेला देखिनै ओलीले चालेका कदमहरुको समर्थनमा विभिन्न मिडियाहरुमा बोल्दै आएकी घलेले वाह ओली नामक पुस्तकन प्रकाशित गरेकी छिन् ।
झण्डै ३०० वटा पुस्तक लेखीसकेकी घलले एमाले अध्यक्ष ओलीको कामबाट आफु असाध्यै धेरै प्रभावित भएको भन्दै वाह ओली नामक पुस्तकनै प्रकाशित गरेको बताएकी छन्। घलेले ओली फेरी पनि प्रधानमन्त्री बन्नु पर्ने बताएकी छन् ।
एमाले अध्यक्ष ओलीलाई घलेले नेपालको राजनितीको एक हिम्मतीलो छोरो भनेकी छिन् । जुन हिम्मतका साथ ओलीले काम गरेका छन् त्यसलाई प्रशंसा गर्नै पर्ने भन्दै उनले ओलीको होइन ओलीको कामको सम्मानका लागी आफुले वाह ओली भन्दै पुस्तक लेखेको बताइन ।
पूस्तकमा घलेले ओलीले प्रधानमन्त्री भएको बेला गरेका राम्रा काम , ओलीले चालेका कदम र पार्टी भित्रै बाट प्रचण्ड , माधव नेपालहरुले गरेको असहयोग लगायतका बारेमा लेखेकी छन् । उनले ओलीलाई नायक र प्रचण्डलाई खलनायकको रुपमा चित्रित गरेकी छिन् ।
तपाईले प्रचण्डलाई खलनायक जस्तो देखाउनु भएछनी ? भन्ने प्रश्नमा घलले प्रचण्डको कामनै त्यस्तै भएको भनिन् । आफ्नो पार्टी फुटाएर काग्रेस सँग टासिन जाने प्रचण्ड र माधव नेपाल खलनायकनै भएको जिकिर घलेले गरेकी छिन् ।
आफु कम्युनिष्ट र एमाले दुवै नभएको भन्दै घलेले एमाले अध्यक्ष ओलीको भने आफु प्रशंसक भएको बताइन । ओलीको काम गराइ र नेपाली जनतालाई देखाएको भिजनबाट आफु असाध्यै धेरै प्रभावित भएको घलेले भनेकी छन् । यो चुनावमा पनि सबैले एमालेलाई भोट दिनु पर्ने पनि उनले बताइन ।
समकालिन नेताहरुमा एमाले अध्यक्ष ओली जत्तिको नेता कोही पनि नभएको भन्दै घलेले फेरी पनि ओली प्रधानमन्त्री भएमा देशले विकासको बाटो लिने विश्वास आफुमा भएको बताइन । काग्रेस माओवादी लगायतका पार्टीहरुका विचमा भएको गठबन्धन अप्राकृतीक गठबन्धन भएको भन्दै त्यसले नेपाली जनतालाई कुनै आशाको संचार गराउन नसक्ने ठोकुवा उनले गरिन् ।
एमालेसँग एक्लै चुनाव लड्न सक्ने हिम्मत नभएकाहरुले गठबन्धन गरेको भन्दै घलेले गठबन्धन नेताको विचमा मात्रै भएको र जनताको विचमा नभएको भन्दै यस्ता गठबन्धनलाई धुलो चटाउन एमाले र ओली सक्षम रहेको बताइन ।