बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा जनताको साथमा काँग्रेस अभियानको पहिलो चरणको कार्यक्रम समापन

शनिवार , भाद्र २५, २०७९

सिन्धुली – नेपाली काँग्रेसको जनताको साथमा काँग्रेस अभियानको पहिलो चरणको कार्यक्रम समापन भएको छ । १०९ औँ विपी जयन्तीको अवसरमा सिन्धुलीको दुधौलीमा एक कार्यक्रमबिच समापन भएको हो ।

नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं. १ प्रदेश कमिटि द्धारा आयोजित १०९ औँ विपी जयन्ती तथा जनताको साथमा काग्रेस अभियानको समापन समारोहमा काँग्रेसका नेताहरुले विपीको सिद्धान्तलाई आत्मासाथ गर्दै अगाडी बढ्न नेता कार्यकर्तालाई अनुरोध गरेका थिए । सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले राजनीति पेशाका लागि नभएर सेवाको भावले गर्नुपर्ने बताउनु भयो । जनताको सेवक भएर काम गर्न उहाँले अनुरोध गर्नु भयो । गरिब तथा निमुखाहरुको पार्टीनै नेपाली काँग्रेस भएकाले सबै अट्ने पार्टी नेपाली काँग्रेस भएको उहाँको भनाई छ ।

भाषणमा भन्दा काम गर्नुपर्ने बेला आएकाले सबै एकजुट भएर पार्टीको निति नियम अनुसार काम गर्नुपर्ने पार्टी सभापति पोखरेले बताउनु भयो । पोखरेलले बि.पि. कोइरालाको जिवनी, लक्ष्य, आदर्श र शिद्धान्तको चर्चा गर्दै नेपाली काँग्रेस र प्रजातन्त्र जोगाउन कांग्रेस एक भएर लाग्नु पर्ने बताउनु भयो । कमलामाई नगरपालिकाका प्रमुख समेत रहनु भएका पोखरेलले नेपाली काँग्रेसका नेता कार्यकर्ताले राष्ट्र जनता र पार्टीका लागि आफुले के गरेको छु भनेर आत्मासमिक्षा गर्न जरुरी रहेको बताउनु भयो । अघिल्ला निर्वाचनमा अन्र्तघात गर्नेहरु समेत अब सुध्रनुपर्ने उनको भनाई थियो ।

काँग्रेस केन्द्रिय सदस्य दिलमान पाख्रिनले विपीको सिद्धान्तलाई काँग्रेसले सधै आत्मासाथ गर्दै जानुपर्ने बताउनु भयो । यस्तै निर्वतमान सभापति उज्ज्वलप्रसाद बराल मोहन बराल लगायतका नेताहरुले विपीको चर्चा गरेका थिए । प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापति चेत नारायण अधिकारी को सभापतित्व र नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिल मान पाख्रीनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपालीकाँग्रेसका जिल्लास्थित नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यस्तै १०९ औँ विपी जयन्तीको अवसरमा नेपाली काँग्रेस कमलामाई नगरसमितिले वि.पि. को सम्झनामा कमलामाई नगरपालिका १३ सुनखानी रानीबास स्थित टुटेश्वर महादेव मन्दिर परिसरमा बृक्षारोपण गरेको नगरसभापति कमल पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया