शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आफ्नै कार्यकर्ताबाट हरिबोल तिरस्कृत भएपछि....

बुधवार , भाद्र २२, २०७९

सिन्धुली– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव, वरिष्ठ नेता हरिबोल गजुरेल आफ्नै कार्यकता र परिवाबाट तिरस्कृति भएका छन् । आगामी मंसिर ४ गते एकैसाथ हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावकालागि माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ ले नौँवटै पालिकाबाट समर्थन जुटाउँदा गजुरेलले भने दुई पालिकाबाट मात्र साथ पाएका छन् । राजनलाई दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सिफारिश गरिएको छ भने गजुरेल दुई नम्बर क्षेत्रबाट मात्र सिफारिशमा परेका छन् । गजुरेलको पक्षमा मरिण र घ्याङ्लेख गाउँपालिका कमिटिले मात्र नाम सिफारिश गरेको छ । मरिणबाट गजुरेलसहित माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रजन सिफारिशमा परेका छन् । घ्याङ्लेख गाउँपालिकाबाट भने गजुरेल र राजनको नाम सिफारिशमा परेको छ ।

माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकिकरण हुँदा गजुरेलले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका कारण गजुरेलसँग प्रचण्ड निकट नेता राजन दाहालमार्फत बदला लिइएको राजनैतिक वृत्तमा चर्चा छ । भलई, उक्त सयमा गजुरेलले ‘मैले एकताको लागि पहल गरेको हो, कसैलाई साथ दिएको, कसैलाई धोका दिएको होइन । प्रचण्डले पनि एकताको लागि पहल गर्दा अलिकति पुग्दैन कि भनेर मैले प्रधानमन्त्रीलाई टाइम लिएर भेटेको हो । त्यस्तै पर्दा उहाँले अध्यक्ष पद छोड्ने स्थिति मैले पाएको थिएँ ।’ भनेका थिए । उपमहासचिव गजुरेलकै गृह पालिका कमलामाई नगरपालिकाको वैठकमा समेत गजुरेलको निर्वाचनका लागि नाम सिफारिस भएन ।

जिल्ला समन्वय समितिको वैठकमा पनि वरिष्ठ नेता कमरेड हरिबोलको पक्षमा बोल्ने एकाध मात्र थिए । जिल्लाभरि र आफ्नै पालिकामा समेत निरिह बनाइएपछि नेता कमरेड हरिबोल तनावमा रहेको र त्यसको अभिव्यक्ति जिल्ला समन्वय समितिमा प्रकट भएको वैठकमा सहभागी एक सदस्यले बताए । बैठकपछि प्रचण्ड निकट एक नेताले सामाजिक संजालमा आफूलाई दिग्गज नेता भन्ने र पार्टी कमिटीको निर्णयलाई धम्कि दिन नमिल्ने बताएका छन् । उनले भने, ‘आफूले पाएको जिम्मेवारी कतिको प्रयोग गरे भनेर समिक्षा गरिनुपर्छ ।’

सिन्धुलीको गृहपालिकाको पार्टीमा मात्र होइन गजुरेल घरबाट नै तिरस्कृत भइसकेको राजन दाहालका पक्षका कार्यकर्ताहरुको भनाइ रहेको छ । पहिला माओवादीको बुद्धिजीवी संगठनको नेतृत्वमा रहेको उनकै सहोदर दाजु डा. मुकुन्द गजुरेलले समेत माओवादी र हरिबोलबाट जनताको मुक्ति नहुने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सांसद पदमा उठ्ने तयारी गरिरहेको उनीहरुले बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया