बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

राजन सवै स्थानिय तहवाट सिफारिस हुँदा हरिवोल २ मा सिमीत

शनिवार , भाद्र १८, २०७९

सिन्धुली – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्र सिन्धुलीको ९ वटै स्थानिय तह गाँउ कमिटीको वैठकले लेखनाथ दाहाल(राजन) को नाम उम्मेदवारको लागी सर्बसम्मत सिफारिस भएको छ । यस्तै सोही पदमा हरिवोल गजुुरलेलाई २ स्थानिय तह मरिण र ध्याङ्गलेख गाँउपालीका कमिटीले दोश्रो नम्वरमा राखेर प्रतिनिधी सभा सदस्यको लागी नाम सिफारिस गरेका छन् ।

दाहाललाईकमलामाई,हरिहरपुरगढी,मरिण,सुनकोशी,ध्याङ्गलेख,फिक्कल,गोलन्जोर,तिनपाटन,दुधौली नगर कमिटीले १ नम्वरमा राखेर प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यको लागी नाम माओवादी केन्द्र जिल्ला समन्वय समितीमा पठाएको नेकपा माओवादी केन्द्र सिन्धुली जिल्ला समन्वय समितीको संयोजक पानीराज बम्जनले जानकारी दिनु भयो । यस्तै मरिण गाँउपालीकावाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहित ३ जनाको नाम सिफारिस भएको छ ।

शनिवार सिन्धुली जिल्लाको दुई प्रतिनिधी सभाको लागी समानुपातीक उम्मेदवारहरुको नाम तथा चार वटै प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फ र समानुपाती तर्फको लागी उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमवार वस्ने माओवादी केन्द्र जिल्ला समन्वय समिती सिन्धुलीको वैठकले ९ वटै स्थानिय तहवाट आएका नामहरु वागमती प्रदेश कमिटीलाई पठाउने जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रतिक्रिया