बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेपाल श्रमिक संघ जिल्ला कार्यसमिति सिन्धुलीको दोस्रो जिल्ला अधिवेशन

शनिवार , भाद्र १८, २०७९

सिन्धुली – नेपाल श्रमिक संघ जिल्ला कार्य समिति सिन्धुलीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल निर्माण अन्र्तगतको श्रमिक संघ जिल्ला कार्यसमिति सिन्धुलीका उपाध्यक्ष अश्विन हायुको अध्यक्षता तथा केन्द्रिय महासचिव प्रदिप आचार्यको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस सिन्धुलीका सभापति तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलको बिशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेस सिन्धुलीका सभापति तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले कमलामाई नगरपालिकाले श्रम गर्ने मजदुरहरुको निशुल्क बिमा गर्ने बताउनुभयो । साथै उहाँले श्रमिकहरुको सुरक्षाको लागि संस्थाले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय महासचिव प्रदिप आचार्यले नेपाल ट्रेड युनियन संघमा २८ वटा संस्थाहरु आवद्ध रहेको जानकारी गराउनुभयो । संस्थाको अहिलेको मुख्य मुद्धा भनेको सामाजिक सुरक्षा रहेको उहाँले बताउनुभयो । नेपाल निर्माण अन्र्तगतको श्रमिक संघमा देशभरका १ लाख ५६ हजार श्रमिक सदस्य रहेका छन् ।

श्रम ऐनमा व्यवस्था भए बमोजिम स्थानीय तहमा दररेट निर्धारण गर्दा ट्रेड युनियनको प्रतिनिधी अनिवार्य गर्न नेपाली काँग्रेसका पार्टी सभापति पोख्रेललाई उहाँले आग्रह गर्नुभयो । साथै आफ्नो स्थानीय तहमा श्रमिकको बिमा गरिएको छ कि छैन, श्रमीकहरुको नियममित हाजिर भए नभएको र जिल्ला दररेट अनुसार ज्याला पाए नपाएको निक्षिण गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया