बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका राजनितिक दल संघ र प्रदेशको उम्मेदवार टुंगो लगाउदै

शनिवार , भाद्र १८, २०७९

सिन्धुली – सिन्धुलीका राजनितिक दल संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनितिक दलले आफ्नो उम्मेदवार सिफारिस गरेका हुन् ।

नेपाली काँग्रेस सिन्धुलीले एक प्रदेशबाहेक संघ र तिन प्रदेशको उम्मेदवार सिफारिस टुंग्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुलीको दुई प्रतिनिधि सभा क्षेत्र नं. १ र २ साथै चार प्रदेश सभा मध्ये ३ प्रदेशसभाबाट नेपाली काँग्रेसले उम्मेदवार सिफारिस टुंग्याएको हो । चार प्रदेशसभा मध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ (क) को भने नाम सिफारिसमा बिबाद भएपछी आउदो २० गते पुनः बैठक बोलाइएको छ ।

काँग्रेस सिन्धुली क्षेत्र नं.–१ को बैठकले प्रतिनिधी सभाको निर्वाचनका लागी प्रत्यक्षतर्फ नेपाली बर्णानुक्रम अनुसार उज्वलप्रसाद बराल, प्रेमचन्द्र दाहाल, प्रेमप्रसाद भट्टराई, मोहनप्रसाद बराल र श्याम कुमार घिमिरेको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ अर्पणा खड्का, उर्मिला कोइराला, बिनोद गुरुङ र सुनन्दा घिमिरेको नाम सिफारिस गरिएको छ ।

सिन्धुली–१ (ख) को प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा सदस्य पदको लागी प्रत्यक्षतर्फबाट प्रदेश सभा सभापती समेत रहनु भएका चन्द्रदिप कोइरालालाई पहिलो नम्बरमा सिफारिस गरेको छ भने दोश्रोमा रामकुमार पहाडी र तेस्रोमा पुष्करराज बरालको नाम सिफारिस गरेको छ । त्यस्तै, समानुपातिक तर्फ पहिलो नम्बरमा बिश्वनाथ कोइराला, दोश्रोमा भद्राकुमारी मगर, तेस्रोमा भवानी अधिकारी र चौथोमा उत्तरकुमार अधिकारीको नाम सर्बसम्मत सिफारिस भएका हुन ।

यता प्रतिनिधि सभा क्षेत्र नं. २ को बैठकले प्रतिनिधी सभाको निर्वाचनका लागी प्रत्यक्षतर्फ नेपाली बर्णानुक्रम अनुसार खड्ग बहादुर वाइबा, जय कुमार ढकाल, डम्बर कार्की, नवराज श्रेष्ठ (आकाश), नरेन्द्रजंग थापा र विजुला वर्मा सिफारिस भएका छन भने समानुपातिक तर्फ कुमारी इन्दिरा पोखरेल, दीपाशिखा शर्मा ढकाल, सुशिला थिङ र सीरीचन चौधरीको नाम सिफारिस भएको छ ।

सिन्धुली निर्वाचन क्षेत्र –२ (क) को प्रदेश कार्यसमितिको बैठकले भने प्रदेशसभा सदस्य पदको लागी प्रत्यक्षतर्फबाट मात्रै १५ उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली बर्णानुक्रम अनुसार असिमजंग थापा, अशोकराज भण्डारी, ओमबिक्रम खत्री, कृष्णप्रसाद दाहाल, कुमार ढकाल, क्षेत्रबहादुर बम्जन, दिपक कुमार घिमिरे, दिपककुमार पोखरेल, बिजय कुवर, बिजुला बर्मा, बोधबिक्रम थापा, भुपेन्द्र पौडेल, मनिस ढकाल, माढिक ढकाल, रामप्रसाद आचार्य र श्यामकाजी श्रेष्ठको नाम सिफारिस भएको हो ।

प्रदेश सभा सदस्य समानुपातिक तर्फ कृष्णकुमार श्रेष्ठ, जनक सार्की, नबराज नेपाल, मिनबहादुर श्रेष्ठ, मिलन श्रेष्ठ र बृजमोहन प्रसाद गुप्ताको नाम सिफारिस भएको छ भने महिला तर्फ यसोदा कुमारी अधिकारी कोइरालाको नाम सिफारिस भएको छ ।

काँग्रेस सिन्धुली निर्वाचन क्षेत्र –२ (ख) को प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा सदस्य पदको लागी प्रत्यक्ष तर्फ पहिलो नम्बरमा छेत्रबहादुर बम्जनको नाम सिफारिस गरेको छ । त्यस्तै, दोश्रोमा बिदुर वाइबा, तेस्रोमा दोर्जे सिङ्तान चौथोमा सरोजकुमार मैनाली र पाचौंमा कुमार ढकालको नाम सिफारिस गरेको छ ।

त्यस्तै समानुपातिक तर्फ बिबस कुमार वाइबा पहिलो नम्बरमा सिफारिस भएका छन भने क्रमानुसार दुर्गादेबी सुनुवार, कोकिल अस्तानी मगर, बमबहादुर स्याङ्बा, भुवन सिंह थिङ्ग, तेजबहादुर घिमिरे बि.क, तेजबहादुर वाइबा र इन्द्रजंग राईको नाम सिफारिस भएको छ ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट प्रदेश सभा सदस्य पदको लागी प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस भएका छेत्रबहादुर बम्जन भने क्षेत्र नम्बर–२ को प्रदेश (क) बाट पनि सिफारिस भएका छन । सिन्धुलीमा रहेको दुई वटा निर्वाचन क्षेत्रमा गठबन्धन हुँदा निर्वाचन क्षेत्र नं. १ काँग्रेसको भागमा पर्ने देखिन्छ भने निर्वाचन क्षेत्र नं. २ नेकपा (माओवादी केन्द्र)को भागमा पर्ने देखिन्छ । संघीय निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) उपमहासचिव तथा सांसद हरिबोल गजुरेल र पोलिटव्युरो सदस्य तथा प्रदेश सभा सदस्य राजन दाहालको चर्चा रहेको छ । उपमहासचिव गजुरेल पार्टीको निर्णायक भुमिका देखिन्छ भने पोलिटव्युरो सदस्य दाहाल कार्यकर्ताको दरो साथ देखिन्छ । यसर्थ पनि यस क्षेत्रमा कस्ले टिकट पाउने हो भन्ने विषयमा निक्कै चासोका साथ हेरिएको छ ।

यस्तै नेकपा एमाले पनि संघ र प्रदेशका उम्मेदवार सिफारिस गरेको छ । सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेकपा (एमाले) प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले घनश्याम राउत, डम्बर बहादुर कार्की, लालबहादुर बुढाथोकी, हरिहर मगर र हेमबहादुर लामालाई सिफारिस गरेको छ ।

सिन्धुली निर्वाचन क्षेत्र नं. १ (ख) बाट कुमारबहादुर कार्की (रामकुमार) सर्वसम्मत सिफारिस हुनु भएको छ । निर्वाचन क्षेत्र नं. २ प्रदेश १ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि वर्तमान प्रदेश सभा सदस्य विनोद कुमार खड्का सहित ६ जनाको नाम नेकपा (एमाले) जिल्ला कमिटि सिन्धुलीलाई सिफारिस गरेको बताइएको छ ।

प्रतिक्रिया