सिन्धुली, १७ भदौ - सिन्धुलीको निर्वाचन क्षेत्र नं. २ प्रदेश १ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेकपा (एमाले) प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले ७ जनाको नाम सिफारिस गरेको छ ।
वर्तमान प्रदेश सभा सदस्य विनोद कुमार खड्का सहित अरू ६ जनाको नाम नेकपा (एमाले) जिल्ला कमिटि सिन्धुलीलाई सिफारिस गरेको बताइएको छ । शुक्रबार नेकपा एमाले सिन्धुली सङ्घीय क्षेत्र नम्बर २ प्रदेश १ को उमेदवार छनौट बैठक बाट एकल उमेदवार सर्वसम्मत हुन नसकेकोले आकाङ्क्षी सात जनाको नाम सिफारिस गरिएको प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटि सदस्य गोकर्ण भुजेलले जानकारी दिनुभयो ।
सिफारिस हुनेमा केशव प्रसाद देवकोटा, विनोद कुमार खड्का, खड्ग बहादुर खत्री, रामकृष्ण श्रेष्ठ, गङ्गा कार्की, रमेश कार्की र देवराज वाइबा रहेका छन् ।