बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

आम नागरिकको सामान्य जिवनलाई परिर्वतन गर्न राजनितिक दल लिएर आएको छु : रवि लामिछाने

शुक्रवार , भाद्र १७, २०७९

सिन्धुली – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछानेले आम नागरिकको सामान्य जिवनलाई परिर्वतन गर्न राजनितिक दल लिएर आएको बताउनु भएको छ । विहिबार सिन्धुलीमाढीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्नुहुन्दै उहाँले आम सर्वसाधारणको सामान्य जिवनलाई परिर्वतन गर्न सक्ने विषयमा केन्द्रीत भएर राजनितिक दल लिएर आएको बताउनु भएको हो ।

“हामि आम जनजिवनमा भइपरि आउने सामान्य अवस्थालाई परिर्वतन गर्ने छौँ । विधिको शासन कायम गर्ने छौँ । सुन्दर फुलको माला बनाउने संकल्पका साथ अगाडि बढेका छौँ । सरकारी सेवासुविधा सहज रुपमा लिन सक्ने वातावरण बनाउने छौँ , ” उहाँले भन्नुभयो । उहाँले सिन्धुलीका समाजसेवी उज्वल विक्रम थापालाई मालाको एउटा सुन्दर फुल बन्न समेत अनुरोध गर्नुभयो । सक्षम व्यक्तिको खोजिकार्य सुरु भइसकेकाले सम्पूर्ण नागरिकलाई सक्षम व्यक्तिको बारेमा जानकारी गराउन संयोजक लामिछानेले आग्रह गर्नुभयो ।

“हामीले सक्षम व्यक्तिको खोजिकार्य सुरु गरिसकेका छौँ । तपाईको समाजमा, तपाईले बुझेका त्यस्ता सक्षम व्यक्ति भएमा हामिलाई जानकारी गराउनु होस् । यसपटकको चुनावमा असल र राम्रो काम गर्ने व्यक्ति कोहि भए हामीलाई चिनाउनु होस् । हामी मिलेर अगाडि बढ्ने छौँ ,” उहाँले भन्नुभयो ।

हिजो नागरिकले आशा र भरोसा गरेर भोट दिएका नेताले नागरिकको आशा र भरोसालाई तोडेको उहाँले आरोप लगाउनुभयो । हाल नागरिकले आधारभूत कुरा नै पाउन नसकेको उहाँले बताउनुभयो । नागरिकले भोट दिएर जितेका नेता सेटिङ्गमा चल्ने गरेका उहाँको भनाइ छ । सबै सेटिङ र बेथितिको अन्त गर्नका लागि र भष्टा«चारलाई तोड्न राष्ट्रिय स्वतन्त्र पार्टी तयारीको साथ आएको संयोजक लामिछानेले बताउनुभयो । “यस पटकको निर्वाचन महासंग्राम हुने छ । सयौँ राजनितिक दलका नेताको अन्तिम निर्वाचन हुनेछ । नवआगन्तुक व्यक्तिका लागि पहिलो निर्वाचन हुनेछ । पहिलो र अन्तिम निर्वाचनलाई तपाई महासंग्रामको रुपमा लिनुहोस् । दिनगन्ति सुरु गर्नुहोस, मंसिर चार गते क्यालेन्डरमा चिन्ह लगाएर राख्नु होस् । यसप्रटक हामी राजनितिक नगर्ने व्यक्ति मैदानमा आएका छौँ । राजनितिको विकृति विसंगति विरुद्ध खबरदारी गर्ने र नागरिकको सुख दुखका विषयमा समाचार बनाउने व्यक्ति राजनितिकमा आएको छौँ ,” उहाँले भन्नुभयो ।

समाजमा विभिन्न योग्दान दिएका व्यक्तिलाई राजनितिक गर्न आउन अनुरोध गर्दै राजनितिक दल बनाएको उहाँले बताउनुभयो । साथै उहाँले राष्ट्रिय स्वतन्त्र पाटीको झण्डा नबोके पनि देशको झण्डा बोक्न आग्रह गर्नुभयो ।

यस्तै घण्टी चुनाव चिन्ह लिएर उठ्ने उम्मेदवारलाई रवि लामिछाने सम्झेर भोट हाल्न सम्पूर्ण जनसमुदायलाई उहाँले अनुरोध गर्नुभयो । इमान्दार, स्वच्छ छवि भएका साथै काम गर्न सक्ने उम्मेदवारलार्य घण्टी चुनाव चिन्ह दिएर जनता माझ पठाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

थापाको चेतावनी : यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुदै समाजसेवी उज्वल विक्रम थापाले विदेशी नागरिकलाई नागरिता दिन किन हतार भएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो । दल होइन मन जित्न पर्ने भन्दै उहाँले राजनितिक गर्ने नेतालाई भ्रम फैलाउने काम बन्द गर्न चेतावनी दिनुभयो ।

साथै उहाँले सिन्धुलीको नागरिकको पिडा बुझ्न काठमाडौँको विर अस्पताल लगाएतमा पुग्ने नेतालाई आग्रह गर्नुभयो । “अस्पतालमा पिडाले छट्पटि रहेका सिन्धुलीको नागरिक पिडा कस्ले बुझ्ने ? अस्पतालमा छ्टपटि रहेका नागरिकलाई किन उज्वल विक्रमको आवश्यक पर्‍यो ? यो बुझ्न जरुरी छ ,” उहाँले भन्नुभयो । साथै उहाँले चुनाव लड्ने सुनिश्चितता आफुमा रहेको बताउनुभयो । आफु स्वतन्त्र नागरिक भएकाले निर्वाचनमा जाने आफ्नो अधिकार रहेको समाजसेवी थापाले बताउनुभयो ।

प्रतिक्रिया