बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेपाली काँग्रेससँग सहकार्य गर्नु भनेको नेपाली क्रान्ति माथिको गद्दारी हो : महासचिव पोखरेल

बिहिवार , भाद्र १६, २०७९

सिन्धुली – नेकपा एमालेका महासचिव तथा पुर्व मुख्य मन्त्री शंकर पोखरेले नेपाली काँग्रेससँग सहकार्य गर्नु भनेको नेपाली क्रान्ति माथिको गद्दारी हो भन्ने बुझ्न जरुरी रहेको बताउनुभएको छ । बुधबार नेकपा एमालेको बृहत्त जनसभालाई सम्बोधन गर्नुहुदै महासचिव पोखरेलले समाजवादको बादक नेपाली काँग्रेस रहेको बताउनुभयो ।

“२०७४ सालको चुनावमा नेपाली काँग्रेस विरुद्ध चुनाव लडेर काँग्रेसलाई प्रधानमन्त्री बनाउने कतिको स्वीकार्य हुन सक्छ ? यो त जनता माथिको अपमान हो भन्ने बुझन जरुरी छ । जनताले हिजो काँग्रेसलाई प्रधानमन्त्री बनाउन तपाइलाई भोट हालेका थिए ?” उहाँले भन्नुभयो । जनताको जितलाई पराजित गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेपाली काँग्रेसलाई पुनःस्थापित गरेको उहाँले बताउनुभयो ।

महासचिब पोखरेलले तत्कालिन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुदें आरोप नै नेकपा विभाजनको कारक भएको बताउनुभयो । पुष ५ गते विहान आफू उक्त १९ बुदें आरोप फिर्ता लिएर नेकपाको भविष्य सुनिश्चित गराउन प्रचण्ड निवास खुमलटार पुगेको भएपनि प्रचण्डले पार्टी एकता जोगाउन कुनैपनि भूमिका खेल्ने संकेत नगरेपछि निरास भएको र परिणाम नेकपा विभाजन हुन पुगेको बताउनु भयो । प्रचण्डमा आफ्नो हैसियतका नेतालाई आरोप लगाउने तर आरोप पुष्टि गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै महासचिव पोखरेलले सांस्कृतिक विचलन भएका नेता भनि आरोप लगाईएका मोहनविक्रम सिंह सँग अहिले गठबन्धन गरिरहेको भन्दै प्रचण्ड जसलाई आरोप लगाउछन् समयको कालखण्डमा त्यहि सँग मिल्ने गरेका धेरै उदाहरण दिदै प्रचण्डमा राजनीतिक स्थिरता नभएकाले उनको बुताबाट कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने ठोकुवा गर्दै माओवादी केन्द्र र एकिकृत समाजबादीमा रहेका कम्युनिष्ट आन्दोलनलाई माया गर्ने सम्पूर्ण नेता कार्यकर्ताहरुलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।

यो सरकार आएपछि एक वर्षको अवधिमा मुल्य बृद्धि दोब्बर भएको, सोधान्तर स्थिति ७०/८० करोड नाफाको अवस्थाबाट ३ खर्ब भन्दा बढि घाटामा पुगेको, विदेशि मुद्राको संचिति १३ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्थाबाट ६ महिनाको बस्तु तथा सेवा पनि धान्न नसक्ने अवस्थामा झरेको लगायत सबै खाले आर्थिक सूचकहरु निरासाजनक अवस्थामा नकारात्मक तर्फ गएकाले अबको एक वर्ष अझै यो सरकार सहनु परे देश श्रृलंकाको बाटोमा पुग्ने भन्दै यो गठबन्धन सरकारलाई पराजित गर्न एमालेमा समाहित हुन र मंसिर ४ गतेको निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्नु भयो ।

नाकाबन्दीको डटेर सामना गर्ने, संविधान सभाबाट संविधान जारि गर्न हिम्मत गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, सर्त सन्धी सम्झौता पालना नगर्ने साँग ठाडो शिरले बोल्ने प्रधानमन्त्री देशलाई आवश्यक भएकाले पुन के पि शर्मा ओलि लाई देशको भावि प्रधानमन्त्रीको रुपमा अगाडि सारेर एमाले चुनावि मैदानमा होमिएको भन्दै महासचिब पोखरेलले प्रधानमन्त्री भारतमा गएर होइन जनताका विचमा गएर प्राप्त गर्न सकिन्छ भन्ने मानक स्थापित गर्न नेकपा एमालेलाई आगामि निर्वाचनमा बहुमत दिनुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपा एमालेका केन्द्रीय सदस्य मनोज जंग थापाले सिन्धुलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई संगठीत गर्ने काम गरेको बताउनुभयो । उहाँले सबै मिलेर कम्यूनिष्ट आन्दोलनलाई सफल बने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य मिथिला फूयाल, नेकपा माओवादी केन्द्र सिन्धुलीका जिल्ला संयोजक रामकुमार पौडेल, मरिण गाउँपालिका कमिटिका अध्यक्ष गोपाल बुढाथोकी सहित मरिण गाउँपालिका सहित जिल्लाका विभिन्न पालिकाका सयाँै नेता कायकर्ता एमाले प्रवेश गरेका थिए । नव प्रवेशिहरुलाई एमाले सचिव संकर पोखरेलले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ नेकपा एमालेमा समाहित हुनु भएका जिल्ला संयोजक रामकुमार पौडेलले माओवादी राजनीतिक रुपमा विघटन तर्फ र सांगठनिक रुपमा अराजकता तर्फ गएको बताउदै माओवादी केन्द्रबाट नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने निष्कर्ष सहित विगतमा नेकपामा हुदा हासिल गरेको अनुभवका आधारमा नेपाल कम्युनिष्ट पार्टीको मुल प्रवाह नेकपा एमाले नै भएकाले आफूहरु आजैका मिति देखि एमालेमा समाहित भएको बताउनुभयो ।

माओवादी केन्द्रबाट केन्द्रिय सदस्यको जिम्मेबारी त्यागेर एमालेमा आउनु भएकी महिला नेतृ मिथिला फूयालले माओवादी केन्द्र व्यक्तिबादी राजनीतिमा केन्द्रित भएको र सिमित व्यक्तिको स्वार्थ झुण्डले सिंगो पार्टीलाई गाईड गर्ने प्रयास गरेकोमा त्यसलाई तोड्न पटक पटक प्रयास गरेपनि नसकेकाले माओवादी केन्द्र परित्याग गरि एमालेमा समाहित भएको बताउनु भयो । मरिण गाउँपालिका अध्यक्षको जिम्मेबारी त्यागेर एमाले प्रवेश गर्नुभएका गोपाल बुढाथोकिले पालिकाका विभिन्न वडाबाट माओवादी केन्द्र परित्याग गर्ने तीन सय पचास भन्दा बढिको नाम लिष्ट एमाले सिन्धुलीका सचिव नारायण बराललाई उपलब्ध गराउनु भएको थियो । सबैको नाम बाचन गर्दै महासचिव पोखरेल बाट पुष्प गुच्छा दिएर एमालेमा स्वागत गरिएको थियो ।

ठूलो संख्या जिल्ला संयोजक सहित धेरै नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेपछि माओवादी केन्द्रले पार्टी प्रवेश कार्यक्रम रोक्न सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै स्वागत मन्तव्य दिने क्रममा एमाले सिन्धुलीका जिल्ला उपाध्यक्ष कर्ण घिसिङले एमालेका युवा दस्ता युवासंघ, युथफोर्स, अनेरास्ववियू हातमा दहि जमाएर नबस्ने चेतावनी दिनु भयो । माओवादी केन्द्रको धाक धम्कीका कारण धेरै प्रवेश गर्न चाहनेहरु कार्यक्रम स्थलमा नै आउन नसकेको उहाँले बताउनु भयो ।

स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा जनयुद्ध लडेका पूर्व माओवादी र पूर्व जनमोर्चा खेमा बनेर माओवादी केन्द्र विभाजित भएको थियो । त्यो विभाजन र अन्र्तर संघर्षलाई पार्टी नेतृत्वले सामाधान गर्न नसक्दा मुल नेतृत्व सँग रुष्ट बनेको पूर्व जनमोर्चा समूहले नेपाली कम्युनिष्ट पार्टीको मुल प्रवाह नेकपा एमालेमा समाहित भएको हो ।

प्रतिक्रिया