बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका काँग्रेस कार्यकर्ता एमालेमा प्रवेश

बिहिवार , श्रावण २६, २०७९

सिन्धुली – नेपाली काँग्रेसका दई स्थानीय नेता बिनासर्त एमालेमा प्रवेश गरेका छन् । कमलामाई नगरपालिका वडा नंं १३ को निर्वाचन समिक्षा बैठकमा बिहिवार नेपाली काँग्रेसका स्थानीय नेता दुर्गावहादुर खड्का र स्थानीय कार्यकर्ता पूर्णवहादुर बिक बिना सर्त एमालेमा प्रवेश गर्नु भएको हो ।

नव प्रवेशीहरुलाई एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख सञ्जयकुमार दाहालले अविर र टिका लगाएर स्वागत गर्नुभएको थियो । निर्वाचन पछि एमालेको कमलामाई नगरकमिटीले प्रत्येक वडामा गत स्थानीय निर्वाचनको समिक्षागर्दै आउँदो संसदीय निर्वाचनको सन्दर्भमा छलफल गर्न थालेको एमालेको कमलामाई नगरकमिटीले जनाएको छ ।

कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै प्रचार विभाग प्रमुख सञ्जयकुमार दाहालले आपसी मतमतान्तरलाई बिर्सेर पार्टीलाई सदृढ र एकतावद्ध बनाएर अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा एकमना एकताका साथ पार्टीका उम्मेदवारलाई जिताउन सबै एकजुट भएर अगाडि बढ्न नसके जनविरोधीहरुले टाउको उठाउने बताउनुभयो ।

प्रतिक्रिया