बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेकपा माओवादी केन्द्र मरिण गाउँ कमिटी पुनर्गठन

मंगलवार , श्रावण २४, २०७९

सिन्धुली – नेकपा माओवादी केन्द्र मरिण गाउँ कमिटी पुनर्गठन गरिएको छ । नेकपा माओवादी केन्द्रका पालिटव्यूरो सदस्य लेखनाथ दाहाल ‘राजन’ को प्रमुख अतिथ्यतामा भएको वैठकले काजीमान थिङको अध्यक्षतामा पार्टी कमिटि सर्वसहमत पुर्नगठन गरेको हो ।

पुर्नगठित कमिटिमा उपाध्यक्षहरुमा राजकुमार श्रेष्ठ (उत्साह),अर्जुन गुर्मछान, जीत कुमारी गुुर्मछान सचिवमा कमल आले सह–सचिवमा राजेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा नरेन्द्र कर्मचार्य रहनु भएको छ ।

सचिवालय सदस्यहरुमा सुनिता माझी, हिरा ब. गुर्मछान,भिम ब. माझी,प्रचार सिं बम्जन,खिल ब. गुर्मछान,रुद्रवर्ण राना,लाल ब. थिङ,गुण ब. बम्जन,विजय ठाडा,सोम बम्जन,तेज ब. गुर्मछान,मोतीलाल गोले र जय ब. गोले रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा एक ब. सिंजाली,तारामाया ठाडा,अस्मीता गदाइली,लक्ष्मी मगर,चन्द्रनाथ गौतम,पदम ब. लुंगेली,कृष्ण ब. माझी,हिरालाल सेन्चुरी,जीत ब. मोक्तान,गंगा थिङ,म्हान्दोमाया वाईवा,सिता बराईली,शिद्ध माया थिङ,सुब्बा सिं ग्लान,सार्किमान घिसिङ र टेक बहादुर थिङरहनु भएको छ ।

वैठकमा सम्वोधन गर्नु हुदै नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ले स्थानीय तहको दोश्रो निर्वाचनको क्रममा नेतृत्वले जिम्मेवारी छाड्नु भनेको लडाईमा फायर खोल्ने समय मोर्चा छोडेर कमाण्डार भाग्नु जस्तै भएको बताउनु भएको छ । कमजोरीलाई माफी हुन्छ, नियतवस गरेको अपराधलाई माफी दिन सकिन्न उहाँले भन्नुभयो, “गल्ती नगर्ने गल्ती नदोहोर्‍याउने मान्छे हुँदैन तर गल्ती नदोहोरिने समिक्षा सहित गल्ती स्वीकार गरेर फर्कनु पर्छ ।”

उहाँले अल्पज्ञानी अहंकारी हुन्छ जित्नेहरु जिम्मेवारी बनेर बाँकी कार्यभार पुरा गर्नुपर्छ भन्नुभयो । जिम्मेवारी छाडदा नि अप्ठयारोमा पारे अब आउँदा अप्ठयोरो नपार्नु होला उहाँले पार्टीको जिम्मेवारी छाडेर जानेहरुलाई इकित गर्दै पार्टी फर्कद अप्ठयोरो नगर्न आग्राह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) मरिण गाउँ कमिटिका कार्यवाहक अध्यक्ष काजीमान थिङको अध्यक्षतामा भएको विस्तारित बैठकमा पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य बसन्त माझी, वागमति प्रदेश कमिटिका सह–सचिव प्रकाश श्रेष्ठ, प्रदेश कमिटि सदस्य तथा गाउँ कमिटिका इन्चार्ज पदम अस्थानी (शरण), प्रदेश कमिटि सदस्य तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लगायतले प्रशिक्षणात्मक मन्तव्यm राख्नु भएको थियोे । वैठकले कार्यवाहक अध्यक्ष काजीमान थिङद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष जीतकुमारी गुर्मछानले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको जनाईएको छ ।

प्रतिक्रिया