बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश

शनिवार , श्रावण १४, २०७९

सिन्धुली – मरिण गाउँपालिकाका झन्डै दुइ सय जनाले विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकाछन् । जनता समाजवादी पार्टी जसपा को मरिण गाउँ कमिटि नै माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शनिबार आयोजित कार्यक्रममा जसपा मरिण गाउँपालिका कमिटीका अध्यक्ष मोतिलाल घोले तामाङको नेतृत्वमा १ सय ५० भन्दाबढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले, विप्लव नेतृत्वको पार्टीका गरि अरू ५० जनाको हाराहारीमा पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रको मरिण गाउँ कमिटीका कार्यबाहक अध्यक्ष काजीमान थिङले बताउनुभयो ।

नव प्रवेशीहरूलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल लगाएतका नेताहरूले खादा र अविर लगाएर पार्टी प्रवेश गराउनु भएको हो । साना दल त्यसमा पनि पटक पटक विघटन र टुटफुट भईरहने पार्टीमा लागेर जनताको आवश्यकता र अपेक्षा पूरा गर्न नसकिने भएकाले जनताको हितलाई ध्यानमा राखेर जसपाको पालिका स्तरीय कमिटीका सबै सदस्य सहित माओवादी केन्द्रमा प्रवेश गरेको जसपा मरिण गाउँकमिटीका अध्यक्ष मोतिलाल घोलेले बताउनुभयो ।

प्रतिक्रिया