सिन्धुली– नेकपा एमालेसँग एक्लै चुनाव लड्ने हैसियत कुनै राजनितिक पार्टिको नभएको नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेलले बताउनुभएको छ । शुक्रबार जिल्ला स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमका लागि सिन्धुली आइपुग्नु भएका पौडेलले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।
उहाँले नेकपा एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नेपालको कुनै पनि राजनितिक पार्टिसँग नरहेको बताउँदै एमाले विरुद्ध लड्न गठबन्धन गरिरहेको बताउनुभयो । ‘एमालेसँग प्रतिस्पर्धा गर्ने हैसियत नेपालको कुनै पनि राजनितिक पार्टिसँग छैन, एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसिएत नभएको कारण आपसमा गठबन्धन गरिरहेका छन् ।’, उहाँले भन्नुभयो । उहाँले जस्तोसुकै अवरोध आएपनि आगामि निर्वाचनमा एमालेलाई विजयी हुन कसैले नरोक्ने ठोकुवा समेत गनुभयो । उहाँले भन्नुभयो, ‘एक्लै लड्न मन लाग्छ एक्लै लडौँ, मिलेर लड्न मन लाग्छ मिलेर लडौँ, तर अब आउने निर्वाचनमा कुनैपनि अवरोधले नेकपा एमालेलाई विजयी हुन रोक्न सक्दैन, अब आउने निर्वाचनमा एमालेको बहुमतका साथ सरकार गठन हुनेछ ।’
देशको अर्थतन्त्र श्रीलंका तर्फ विस्तारि अगाडि बढेको भन्दै उहाँले गठबन्धनको सरकारले देशलाई बर्बाद बनाएको बताउनुभयो । ‘देशको अर्थतन्त्र श्रीलंका तर्फ अगाडि बढिरहेको छ । केहि समय पछि जिवनका लागि अत्याश्यक बस्तुको खरिद गर्न नसक्ने स्थितिमा पुग्ने छ । सम्पूर्ण सेवा तथा बस्तु लगाएत हरेक क्षेत्रमा महंगी बढिरहेको छ । हाल अर्थतन्त्रका सम्पूर्ण परिसूचक नकारात्मक रहेको छ ।’ उहाँले भन्नुभयो, ‘सरकारले बजेट निर्माणको क्रममा तमासा ग¥यो, यो सकारको नेतृत्वमा देश अगाडि बढ्न नसक्दैन । यो प्रतिनिधि सभाले सकारात्मक पक्षमा गति लिन सकेको छैन । त्यसैले छिटोभन्दा छिटो देश निर्वाचनमा जानुपर्छ, निर्वाचन अपरिहार्य भएको छ ।’
गठबन्धन सकारको काम क्रियाकलाप हेर्दा यो संसदले सकारात्क गति लिन नसक्ने उहाँको भनाइ छ । आगामि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समयमा घोषण हुनुपर्ने भन्दै उहाँले खबरदारि गर्नुभयो । ‘चुनाव हुन नदिन विभिन्न षड्यन्त्र गरिरहेको भन्ने सुनको छौँ, खबरदार अभिलम्व निर्वाचनको मिति घोषण गरियोस्, मंसिरको पहिलो सातामा सम्पन्न हुने गरि निर्वाचनको समय घोषण गरियोस् ।’, उहाँले भन्नुभयो । देशलाई सुशासन तथा समृद्धितर्फ लग्नका लागि नेकपा एमालेको सरकार आवश्यक रहेको उहाँले औल्याउनुभयो । साथै, उहाँले हाल नेकपा एमाले आम जनताका माझ निति तथा विचार लिएर पुगिरहेको र निर्वाचनको माध्यमबाट बहुमतको सरकार गठन गर्ने संकल्पको साथ अगाडि बढिरहेको बताउनुभयो ।
आगामी चुनावमा एमाले कुनै दलसँग गठबन्ध गरेर जान्छ कि जादैन ? भन्ने पत्रकारको प्रश्नमा उहाँले सकारात्मक शक्तिलाई ठाउँ दिनुपर्ने स्थिति आएमा विभिन्न विषय हुने भन्दै एमाले एक्लै चुनाव लड्ने बताउनुभयो । उहाँले सिन्धुली जिल्लालाई नजिकबाट हेरिरहेको बताउँदै जिल्लाका नेता तथा कार्यकताले स्थानिय निर्वाचनको नतिजाबाट उचित शिक्षा लिदैँ अब आउने निर्वाचनमा प्रतिनिधिसभाका दुवै सिट, प्रदेशसभाको चारवटै सिट जित्ने गरि तयारीमा लाग्न अनुरोध गर्नुभयो ।