शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा अन्धविश्वासले चार तोला सुन र तीन लाख चैट्

आइतवार , श्रावण १, २०७९

सिन्धुली– गत असार ८ गते सिन्धुलीको दुधौली नगरपालिका ३ स्थित तल्लो खुट्टेपानीमा अपरिचित एक दम्पतीले सर्प नचाइरहेका थिए । उनीहरुले कहिले सर्पको माला लगाए भाग्य चम्किने भन्दै थिए त कहिले सर्पको पुजा गरे धनार्जन हुने बताइरहेका थिए । सर्पको प्रदर्शन गरिरहदा भिडबाट पैसा पनि जम्मा भइरहेको थियो । यो भिडमा मायाबती कुमारी दनुवार पनि हुनुहुन्थियो । साँझ परेपछि तीनै वृद्धवृद्धा बास माग्न दनुवारको घर पुगेँ । दनुवारले पनि साँझ आएका पाहुनालाई सत्कार गर्दै बाँस दिए । दुई रात सोही घरमा विताएका दम्पतीले भ्रममा पारेर दनुवारबाट तीन लाख ५० हजार नगद र झन्डै चार तोला सुन फुत्काए । अहिले सो दम्पत्ति फरार रहेको छ । यता, विभिन्न व्यक्ति र संस्थाबाट संकलन गरि ल्याएको पैसा र सुन लिएर दम्पत्ति फरार भएपछि दनुवार परिवार भने पीरमा छन् ।

कसरी ठगिए दनुवार ?: मायाबतीका अनुसार जस्लाई बास बस्ने दिइएको थियो उसैले पैसा र सुन लिएर फरार भएका छन् । असार ९ गते विहान ती दम्पतिले मायाबतीको परिवारलाई सानो पूजा गरेँ धन सम्पत्तिको दुख नहुने बताएका थिए । पूजा गर्न केही दिनको लागि पैसा र सुन गाउँभरीबाट सापटी मागेर ल्याउन आग्रह गरेँ । ती दम्पत्तिले उक्त सर्पलाई केहि दिन पैसा र सुन चढाउँदा दराजभरी पैसैपैसा हुने बताएका थिए । ऋणै ऋणमा डुबेका दनुवार परिवारले छिमेकी दीदीबहिनीले लगाएका गरगहना केही समयपछि फिर्ता गर्ने सर्तमा मागे ।

भक्रि अधिकारी दनुवार, मालती दनुवार, भुन्टी अधिकारी दनुवार, सुनिता अधिकारी दनुवार र रामसखी दनुवारले मायाबतीलाई लगाएको गहना फुकालेर दिए । ‘आफूसँग भएको ५० हजार, संस्था र व्यक्तिसँग ऋण गरेर ल्याएको तीन लाख र सुन दम्पतीलाई दियौँ ।’ मायवतीले भन्नुभयो, ‘बुधबार राती हामी बुढाबुढीलाई फूकी दिए, भोली पल्ट पैसा र सुन जम्मा गर्नु, तर यसको लागि भनेर कसैलाई नभन्नु, तपार्इँहरु बाहेकका व्यक्तिहरुले यो कुरा थाहा पाए भने हामिले आँटेको काम सफल हुँदैन भने, हामी गाउँको सोझो मान्छे, उनीहरुले भने जस्तै गर्यौँ ।’ ती दम्पत्तिले पाँच दिनपछि दराज खोलेर हेर्नु पैसा नै पैसा हुन्छ भनेको मायावतीले सम्झिनुभयो ।

इश्र्याल मिया भनेर परिचय दिने वृद्धले मायावतीलाई सम्पर्क गर्न दुइवटा एनसेनको नम्बर दिएका थिए । असार २३ गतेसम्म सम्पर्क भएको थियो । फोनमा कुरा हुँदा इश्र्याले अझै पैसा पठाइदिनु भनेको मायावतीले बताउनुभयो । आफूले अब केही पठाउन नसक्ने, लगेको पैसा र गरगहना पनि फिर्ता दिनु भनेदेखी फोन सम्र्पक हुन नसकेको पीडित मायाबती बताउनुहुन्छ । उहाँले ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय डकाहामा निवेदन दिनुभएको छ । प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ । साथै, अन्धविश्वासमा नफसि सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया