नेकपा माओवादी केन्द्र सिन्धुलीको जिल्ला समन्वय समिती संयोजकबाट रामकुमार पौडेललाई पदमुक्त गरिएको छ । पौडेललाई नेकपा माओवादी केन्द्रको केन्द्रीय समितीले समन्वय समितिको जिल्ला संयोजकवाट हटाएको सो पार्टीका एक नेताले जानकारी दिएका छन् ।
गत वैशाख ३१ गते सम्पन्न स्थानिय तहको चुनावमा मरिण गाँउपालीका अध्यक्ष पदको लागी पौडेलले दौडधुप बढाउनुभएको थियो । पार्टीले अध्यक्षको टिकट नदिएपछि पौडेलले संयोजकवाट राजीनामा दिनुभएको थियो । पौडेलले स्थानिय तहको निर्वाचनमा मरिण गाँउपालिका अध्यक्षका उम्मेदवारलाई हराउन भुमिका खेलेको आरोप लागेको थियो । पार्टीको जिल्ला संयोजक पदमा बसेर आफ्नै पार्टीका उम्मेदवार विमर्श मोक्तान ‘प्रख्यात’ विरुद्ध लागेको हुनाले पदमुक्त गरिएको श्रोतले दाबि गरेको छ । मरिण गाउँपालिकामा ४ नम्बर वडा बाहेक सबै वडासहित गाउँपालिकामा माओवादिले जित हासिल गरेको थियो ।