बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारको घोषणा

शुक्रवार , आषाढ १०, २०७९

सिन्धुली– कपास उद्योग स्थापनागरी रोजगारी सिर्जना गरेर आयातीत हुने कपडा लाई विस्थापन गर्ने नीति लिएर कमलामाई नगरपालिका ५ मधुटारका ग्रिस्म ल्वागुन ले सिन्धुली क्षेत्र नं २ बाट संघिय सांसदमा शुक्रबार उम्मेद्वारी घोषणा गर्नुु भएकोे छ ।

अगामी हुने संघ तथा प्रदेस निर्वाचन अन्तर्गत क्षेत्र न २ बाट संघिय सांसदका लागि उम्मेदवारी घोषणा गरेका २९ वर्षीय ग्रिष्मले आफु विजयी भएमा कपास उद्योग खोलेर ठुलो संख्यामा रोजगारी सिर्जना गरि देशलाई आत्मनिर्भर बनाउने घोषणा गर्नुु भएको छ । यूवा उम्मेदवार ग्रिष्मले कपासबाट कपडा उद्योगमा परिणत भएर संचालनमा आएको दिन जीवनकै आनन्दीत हुने बताउनु भएको छ ।

सिन्धुलीका कुनाकन्दरा, पाखाबारी, वनजंगल, जताततै कपास खेतीहुने आफुले अध्ययन गरेको दावी गर्दै ग्रिष्मले घरमै बसेर पैसा कमाउने उत्तम मेलोमा सिन्धुलीवासीलाई सहभागी गराउने आफ्नो उत्कृट चाहनालाई मतदान गरेर विजयी बनाई पुरा गरि दिन सबैमा आग्रह गननु भएकोे छ । संघिय संसदमा विजयी भएपछि पाउने पारिश्रमिकलाई स्वास्थ्य क्षेत्रमा लगाई निःशुल्क बनाउने उहाँको घोषणा छ ।

दलहरुप्रति आक्रमक भएका ग्रिष्मले एकपटक आफुलाइ हेर्न मतदातालाई अपिल गर्नु भएको छ । हाल सम्म मतदान नगरेका ग्रिष्म पहिलो पटक आफैंलाई मतदान गर्ने बताउनु भयो । मधुटारमा अंग्रेजी भाषा सिकाउने लण्डन ल्यांग्वेज खोलेर १० हजारको हाराहारीमा विद्यार्थी उत्पादन गर्नु भएका उहाँले ती विद्यार्थी र तीनका अभिभावकले आफुलाई पत्याउने दावी गर्नु भयो । उहाँले भन्नु भयो , “म यूवा छु, भ्रष्टाचार गर्दीन, जनतामा समर्पित हुन्छु भन्दा कसो मतदान नगर्नु होला त ।”

प्रतिक्रिया