सिन्धुली – नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघ सिन्धुलीको शनिवार तेस्रो अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट अध्यक्षमा प्राध्यापक ा रामचन्द्र दाहाल र सचिवमा उमेश कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको छ । दाहाल सिद्दज्योति शिक्षा क्याम्पस,फोस्रेटार र कोइराला सिन्धुली बहुमुखी क्याम्पस,ढंग्रेबासको प्राध्यापक हुनुहुन्छ ।
अधिवेशनले उपाध्यक्षमा दिपेन्द्र शाही ठकुरी, सहसचिवमा विशाल पहाडी, कोषाध्यक्षमा प्रमोद पुडासैनी, सदस्यमा गणेश कोइराला, सोम घिमिरे, भरत मल्ल र सुनिता थिङ सहित नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कोषाध्यक्ष पुडासैनी सिन्धुली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायका प्राध्यापक हुनु हुन्छ ।