बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको कमलामाई नगर कार्यपालिकामा एमालेको बहुमत

मंगलवार , जेठ १७, २०७९

सिन्धुलीको कमलामाई नगर कार्यपालिकाले पूर्णता पाएको छ । मंगलबार आठजना सदस्य निर्वाचित भएसँगै नगरको कार्यपालिकाले पूर्णता पाएको हो । कार्यपालिका सदस्यमा महिलातर्फ निर्वाचित वडासदस्य मध्ये पाँचजना र नगरभित्रका जनजाति वा अल्पसंख्यकमध्य तीनजना निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यकतर्फ भद्रीमाया हायू, राजन बहादुर भुजेल र मान बहादुर दमै निर्वाचित भएका छन् भने महिलातर्फ शिव कुमारी रायमाझी, उमा विश्वकर्मा, देवी देवकोटा, जमुना कुमारी श्रेष्ठ र धन कुमारी श्रेष्ठ निर्वाचित भएका छन् । तस्बिरः नवनिर्वाचित कार्यपालिका सदस्य (महिलातर्फ)

नवनिर्वाचित आठैजना नेकपा एमालेका उम्मेद्वार हुन् । नेकपा एमालेबाट आठजना कार्यपालिका सदस्यमा निर्वाचित भएसँगै कमलामाई नगर कार्यपालिकामा एमालेकै बहुमत पुग्ने भएको छ । नेकपा एमालेबाट कमलामाई नगरमा सातजना वडाध्यक्ष, एकजना उपमेयर र आठजना नवनिर्वाचित कार्यपालिका सदस्यसहित १६ जना रहेका छन् । कार्यपालिकामा नेकपा एमालेसँग ६६ प्रतिशत सदस्य रहेका छन् । बहुमतकालागि कुल सदस्यको ५१ प्रतिशत सदस्य भएपुग्छ । योसँगै २४ सदस्यीय नगर कार्यपालिकामा एमालेकै बहुमत हुने भएको छ ।

तस्बिरः नवनिर्वाचित कार्यपालिका सदस्य (दलित वा अल्पंसख्यकतर्फ)

कमलामाई नगरसभामा नेकपा एमालेकै बहुमत छ । कुल ७२ जनप्रतिनिधिमध्य नगरमा ४३ जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् । त्यस्तै, नगरसभामा नेपाली कांग्रेसको तर्फबाट १९, माओवादी केन्द्रबाट ९ र समाजवादितर्फ १ जना रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरले गरेको निर्णयहरु कार्यपालिकाबाट पास गर्नुपर्ने प्रावधान रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ को अनुसार सभा, कार्यपालिकाको वैठक बोलाउने, वैठकमा प्रस्ताव पेश गर्ने, गराउने काम नगर प्रमुखको हुने गर्दछ । तर कार्यपालिकाबाट बनेको नियमावलीले नै नगर प्रमुखको अधिकार निर्धारण गर्दछ । यद्यपी कार्यपालिका बोलाउने, प्रस्ताव लैजाने नगर प्रमुखको अधिकार भित्र पर्दछ । कमलामाई नगरको मयेरमा नेपाली कांग्रेसबाट निर्वाचित उपेन्द्र पोखरेल हुनुहुन्छ भने उपमेयरमा नेकपा एमालेबाट निर्वाचित मञ्जु देवकोटा हुनुहुन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया