बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जिल्ला समन्वय सिन्धुलीका प्रमुख वर्मा वडा सदस्यमै पराजित

मंगलवार , जेठ १०, २०७९

सिन्धुली- सिन्धुली जिल्ला समन्वय समितीका संयोजन शंकर वर्मा तिवारी दुधौली नगरपालीका वडा नम्वर ३ को कालापानीवाट वडा सदस्यमा पराजित भएका छन् । उन वडा दुधौली नगरपालीका ३ कालापानीमा नेपाली काँग्रेसको वडा अध्यक्ष सहितको पुरै टिम निर्वाचित भएको छ ।

२०७४ सालमा पनि वर्मा सोही वडावाट सदस्यमा निर्वाँचित भएका थिए । एमाले र नेपाली काँग्रेसको गठवन्धनवाट जिल्ला समन्वय समितीको प्रमुख शभ्भु राउत र उपप्रमुख वर्मालाई वनाउने सहमती भएको थियो । रातरात माओवादी केन्द्रले एमाले र नेपाली काँग्रेसको गठवन्धनलाई तोडेर एमालेलाई जिल्ला समन्वय प्रमुख दिने सहमती गरे पछि वर्मा समन्वय प्रमुख वनेका थिए ।

प्रतिक्रिया