बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सवै भन्दा बढी मतान्तरले विजयी हुने कमलामाई –६ का थापा

सोमवार , जेठ ९, २०७९

सिन्धुृली – सिन्धुली जिल्लाको ७९ वडाध्यक्ष मध्ये सबै भन्दा बढी मतान्तरले कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा विजयी हुनुभएको छ । नेपाली काँग्रेसबाट थापा ९ सय ६० मतान्तरले विजयी हुनुभएको हो । उहाँले ९ सय ६० मतको अन्तरले एमालेका प्रत्यासी दिनेश दाहाललाई पराजित गराउनु भएको हो ।

कमलामाइ नगरपालिका वडा नम्बर ६ को कुल मतदाता संख्या ४५ सय ५९ मध्ये यस स्थानिय तहको निर्वाचनमा २८१७ मत खसेको थियो । जसमा गठबन्धनबाट साझा उम्मेदवार बन्नु भएका थापाले १७२६ मत प्राप्त गरि बिजयी बन्नुभयो भने निकटतम प्रतिस्पर्धी एमालेका दिनेश दाहालले जम्मा ७६६ मत मात्रै प्राप्त गर्नुभएको थियो । त्यस्तै, राप्रपाका बैकुण्ठ थापाले ६४ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्ष थापाको नेतृत्वमा उक्त वडामा सम्पुर्ण प्यानल निर्वाचित भएको छ । वडासदस्यमा उत्पल खड्का, खड्गध्वज कार्की, महिला सदस्यमा कुशुम तामाङ र दलित महिला सदस्यमा निर्मला परियार समेत भारी मतले बिजयी हुनुभएको छ ।

बैशाख ३० गते सम्पन्न यस स्थानिय तहको निर्वाचनमा लोकप्रिय मतले बिजयी बन्नुभएको थापा गएको २०७४ सालको निर्वाचनमा समेत यसै वडाको वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । यसअघि एमालेका प्रत्यासी लेखबहादुर थापालाई पराजित गराउदै उहाँ वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाटै निर्वाचित हुनुभएको हो । उहाँका प्रत्यासी लेखबहादुर थापाले ९ सय ३७ मत प्राप्त गर्नु भएको थियो भने उहाँले ११ सय १७ मत प्राप्त गरि बिजयी बन्नुभएको थियो ।

उक्त निर्वाचनमा नेकपा माओबादी केन्द्रले २ सय २३ मत प्राप्त गरेको थियो भने राप्रपा नेपालले ३४ मत प्राप्त गरेको थियो । अत्यन्त लोकप्रिय मत प्राप्त गरि दोस्रो पटक निर्वाचित भएका थापाले आम वडाबासीले आफुप्रती बिश्वास गरेर दिएको मतलाई आत्मसाथ गरेर यो पाँच बर्ष थप रचनात्मक काम गर्ने प्रतिवद्धता व्यक्त गनुभया

प्रतिक्रिया