बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

स्थानीय चुनावमा सिन्धुलीमा महिला प्रतिनिधित्व घट्यो

शनिवार , जेठ ७, २०७९

सिन्धुली – सिन्धुलीमा पालिका प्रमुख र उपप्रमुखमा कम महिला निर्वाचित भएका छन् । भर्खरै सम्पन्न स्थानिय तह निर्वाचन २०७९ मा जिल्लाका नाँै पालिका प्रमुख र उपप्रमुखमा चार महिला मात्रै निर्वाचित भएका छन् । प्रमुख र उपप्रमुख पदमा दुई­दुई महिला निर्वाचित भएका हुन् ।

कमलामाई नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मन्जु देवकाटा पुःन निर्वाचित हुनुभएको छ । २०७४ को स्थानिय तह निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित हुनुभएको देवकोटा पुःन उपप्रमुख पदमै दोहो¥याउनु भएको छ । पाँच वर्षे कार्यकालमा महिलाको क्षेत्रमा उल्लेखनिय काम गरेको बताउँदै उहाँले फेरि उपप्रमुखको नेतृत्व गर्ने मौका प्रदान गरिदिने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । भरखरै सम्पन्न स्थानिय तह निर्वाचनमा पाँचदलिय गठबन्धनलाइ पछि पार्दै भारि मतले आफु विजयी हुन सफल भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । “पहिलो चुनाव भन्दा यो चुनावमा धेरै चुनौती भयो, पाँच दल गठबन्धन भएको कारण आफु पछि पर्ने हो कि भन्ने डर भयो । अन्त्यत नगरबासी दिदिबहिनी दाजुभाइ सम्पूर्णले मलाई पुर्न उपप्रमुखको नेतृत्व गर्ने मौका प्रदान गर्नुभयो । मलाई विश्वास गरेर यो मौका दिएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दछु ,” उहाँले भन्नुभयो ।

मरिण गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसबाट विमला माझी निर्वाचित हुनुभएको छ । सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्दै निर्वाचित हुनुभएको माझीले आगामि दिनमा पालिका क्षेत्रभित्रका महिलाको हक अधिकार साथै लक्षित वर्गको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला फिक्कल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट पार्वति सुनुवार निर्वाचित हुनुभएको छ । पाँच वर्ष गाउँपालिकाको उपाध्यक्ष भएर काम गर्नुभएको सुनुवार यस पटक अध्यक्ष हुनुभएको हो । सफल उपाध्यक्षको नेतृत्व गर्नुभएको उहाँले अध्यक्षको नेतृत्व पनि सफल रुपमा चलाउने स्थानियले विश्वास व्यक्त गर्नु भएको छ । २०७४ को स्थानिय तह निर्वाचनमा गाउँपालिका अध्यक्षको आकांक्षी सुनुवार पार्टीले उपाध्यक्षमा टिकट दिएपछि पार्टीको निर्णयलाई कार्यन्वय गर्दै अगाडि बढेको बताउनुहुन्छ । “पहिले पनि अध्यक्षको दावेदारी गरेको थिए, पाटिले उपाध्यक्षको टिकट दियो, पार्टीको निर्णय कार्यन्वन गर्दै अगाडि बढे, उपाध्यक्षमा जितेर सफल नेतृत्व गरेको मैले अनुभूत गरेको छु ,” उहाँले भन्नुभयो । अबको पाँच वर्षे कार्यकालमा फिक्कल गाउँपालिकालाई परिर्वतन भएको आभास दिलाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्लाको सुनकोशी गाउँपालिकाको अध्यक्षमा दिपा दाहाल पुःन निर्वाचित हुनुभएको छ । पाँच वर्ष अध्यक्षको नेतृत्व गर्नु भएको दाहालले विगतका अनुभवलाई बटुल्दै नागरिकको आवश्यकता अनुसारको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अवको पाँच वर्षमा सुनकोशी गाउँपालिकालाई समृद्ध बनाउने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

०७४ को निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा निर्वाचित हुने महिला

२०७४को स्थानिय तह निर्वाचिनमा जिल्लाको पालिका प्रमुख र उपप्रमुखमा नौ महिला निर्वाचित भएका थिए । नौ पालिका रहेको जिल्लामा एक पालिका प्रमुख र आठ पालिकाको उपप्रमुखमा महिला निर्वाचित भएका थिए । जिल्लाको सुनकोशी गाउँपालिकाको प्रमुख र आठ पालिकाको उपप्रमुखको नेतृत्व महिलाले गरेका थिए ।

गठबन्धनको असर

नेकपा एमालेले जिल्लाका आठ स्थानीय तहमा महिलाको उम्मेवारी दिएको थियो । प्रमुखमा १, उपप्रमुखमा ७ जना महिलाले उमेदवारी दिएकोमा १ प्रमुख र १ उपप्रमुख महिलाले जीत हासिल गरे । उनीहरु पुरुष उमेदवारसँग चुनावी मैदानमा होमिए र नतिजा आफ्नो हातमा लिए । गठबन्धनलाई पराजित गर्दै सुनुवार र कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले निर्वाचन जित्न सफल भए ।

अन्य महिलाहरुले चुनावी मैदानमा उपविजेता बने । यता जिल्लामा गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावमा महिला उमेदवार दिनै कठिन मान्यो । चुनावको तयारी गरिरहेका महिला नेताहरुलाई सहमतिका नाममा पछाडी पारियो । कांग्रेसले मरिण गाउँपालिकामा उपप्रमुख र माओवादी केन्द्रले सुनकोशी गाउँपालिकाको प्रमुखमा महिलालाई उमेदवार बनायो । जहाँ दुवै जनाले जित हासिल गरे ।

वडाध्यक्षमा एक जना महिलाको उमेदवारी रहेकोमा उनले जित हासिल गरिन । गठबन्धनले महिलालाई उमेदवारी मै अवरोध ग¥यो भने एमालेले महिलालाई उमेदवार बनाएर अघि बढ्यो तथापी गठबन्धनका उमेदवारसँगको लडाईमा महिलाहरु पराजित भए । यसले जिल्लामा प्रमुख र उपप्रमुखमा निर्वाचित हुने महिलाको संख्या घट्यो । २०७४ सालको निर्वाचनमा जिल्लाका १ पालिकामा प्रमुख र ८ जना उपप्रमुख महिला विजयी भएका थिए । जुन संख्या यसपटक ४ मात्र हुन पुग्यो ।

प्रतिक्रिया