बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका नवनिर्वाचित जनप्रतिनिधिले पदभार गहण गर्न थाले

शनिवार , जेठ ७, २०७९

सिन्धुली – सिन्धुलीका नवनिर्वाचित जनप्रतिनिधिले पदभार गहण गर्न थालेका छन् । जिल्लाको दुधौली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दिनेश अधिकारी दनुवार र उपप्रमुख चन्द्रकिशोर थारुले शुक्रवार पदभार ग्रहण गर्नुभएको छ । शुक्रवार दिउँसो सिन्धुली अदालतमा आयोजित सपथ ग्रहण कार्यक्रममा जिल्ला न्यायाधीस महेन्द्र बहादुर कार्कीबाट सपथ ग्रहण लिएर पालिका पुगेर शुक्रवार नै पदभार ग्रहण गर्नुभएको हो ।

नवनिर्वाचित नगरप्रमुख अधिकारीको पदभार ग्रहण कार्यक्रममा राजनितिक दलका नेता, स्थानिय बुद्धिजिवी, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । बैशाख ३० गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार १५ हजार ८३८ मत ल्याएर सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार विजयी हुनुभएको थियो । उहाँले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मेयरका उम्मेदवार लक्ष्मण कुमार कार्कीलाई ५ हजार १८६ मत अन्तरले पराजित गर्नु भएको हो । पराजित भएका एमालेका लक्ष्मण कुमार कार्कीले १० हजार ६ सय ५२ मत ल्याउनु भएको थियो । नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका चन्द्रकिशोर थारु १४ हजार २१३ मत ल्याएर विजयी भएका हुन् ।

यस्तै, हरिहरपुरगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बज्रध्वज वाईबाले पनि शुक्रवार पदभार ग्रहण गर्नुभएको छ । सिन्धुली अदालतमा आयोजित सपथ ग्रहण कार्यक्रममा जिल्ला न्यायाधीस महेन्द्र बहादुर कार्कीबाट सपथ ग्रहण लिएर पालिका पुगेर पदभार ग्रहण गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष वाईबाले पदभार ग्रहण कार्यक्रममा निवर्तमान गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी राई, प्रमुख प्रशासकिय अधिकृत नविन लामा लगाएतको उपस्थिती रहेको थियो । अन्य पालिकाको नवनिर्वाचित जनप्रतिनिधिले पनि सिन्धुली अदालतका न्यायाधीस महेन्द्र बहादुर कार्कीबाट सपथ ग्रहण लिएपछि पदभार ग्रहण गर्ने क्रम जारी छ ।

नौ स्थानिय तहका जनप्रतिनिधिले सपथ ग्रहण

सिन्धुलीका नौ स्थानिय तहका जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । सुक्रबार जिल्ला न्यायाधिस महेन्द्र बहादुर कार्किले नौँ वटै स्थानियतहका ननिर्वाचित पालिका प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

जिल्लाको कमलामाई नगरपालिकाका उपेन्द्र पोखरेल, दुधौलि नगरपालिकाका दिनेश अधिकारी दनुवार, तिनपाटन गाउँपालिकाका कर्ण बहादुर थापा मगर, फिक्कल गाउँपालिकाका पार्वति सुनुवार, सुनकोशी गाउँपालिकाका दिपा बोहोरा दाहाल, मरीण गाउँपालिकाका बिमर्श मोक्तान, हरिहरपुरगढि गाउँपालिकाका बज्रध्वज वाइवा, गोलन्जोर गाउँपालिकाका शंकर राज बराल र घ्याङलेख गाउँपालिकाका जगत बहादुर भोलनलाई जिल्ला न्यायाधिस कार्किले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

जिल्ला न्यायाधिस महेन्द्र बहादुर कार्की सामु सपथ ग्रहण गरेका स्थानीय तहका प्रमुखले आफ्नो आफ्नो स्थानियतहका पालिका उपप्रमुख,वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु पर्ने न्यायाधिस कार्किले बताउनु भयो । नेपालको संविधान र कानुनले स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्थाको परिकल्पना नगरेका कारण निर्वाचित भएकालाई कार्यभार सम्हाल्ने व्यवस्था गर्न सरोकारवाला निकायलाई भनिएको जिल्ला न्यायाधिस कार्किले बताउनुभयो । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट सिन्धुलीमा निर्वाचित भएका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल शुक्रबारबाट सुरु हुँदैछ ।

प्रतिक्रिया