शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

उपेन्द्र पोखरेल ‘उज्वल’ लाई सहयोग गर्ने बेला यहि हो

शनिवार , बैशाख २४, २०७९

बिहानदेखि बेलुकासम्म । दिन आफ्नो रात अर्काको त्यो उनको हकमा कहिल्यै लागू भएन । जसलाई आपत विपत पर्दा पनि सारथी बनिरहे । दैनिक गुजारामा होस् या ज्यानलाइ सञ्चो नहुँदा सकेको सहयोग गर्दै रहे । मर्दा मलामी र पर्दा जन्तीमा सहभागी बनिरहे । यो वा त्यो भनेर भेदभाव कहिल्यै गर्न जानेनन । तीनै नगरवासीका सारथीलाइ यतिखेर गुन लगाउने र फर्काउने समय आएको छ । कमलामाइ नगरपालिकालाई सुन्दर हराभरा बनाउन मैदान उत्रिएका छन् उपेन्द्र पोखरेल ‘उज्वल’ । नेपाली कांग्रेसका जिल्ला सभापतिमा तीन महिना अघि निर्वाचित भएका पोखरेलले कमलामाइ देशकै नमूना बनाउन जिम्मेबारी लिने प्रयासमा नगरवासी सारथी बन्नेमा उज्वल पोखरेल ढुक्क छन् ।

पारिवारिक राजनीति विरासत रहेका पोखरेलले जनताको सेवालाइ मुल मन्त्र बनाइरहे । स्थानीय तहका मुद्दालाइर्, जनसरोकारका विषयलाई जहिले पनि प्राथमिकता दिएका पोखरेलले सामाजिक क्षेत्रमा दिएको योगदानबाट नगरवासी विल्कुल अन्देखा छैनन् । जीवनमा तीन दशक लामो सक्रिय राजनीति र सामाजिक काम उनको अनुभव हो । जिम्मेवारी विहीन भएर गरेको राजनीतिले मात्र परिवर्तन पुरा गर्न कठिन देखेर पोखरेलले मेयर पदमा उम्मेदवारी दिएका छन् । ‘बाहिर बसेर झक्झकाउने काम मात्र हुने रहेछ’, उहाँको भन्नुहुन्छ, ‘परिवर्तनका निम्ति त आफैँले जिम्मेवारी लिनुपर्ने रहेछ । अझ नगरपालिका, जसले नगरवासीका सरोकारहरुलाई प्रत्यक्ष सम्बोधन गर्छ, यो निकायमा आउन जरुरी रहेछ भन्ने मैले ठम्याएको छु । थोपरिएको करलाइ बैज्ञानिक बनाउनेदेखि दैनिक जीवन यापनमा परेका कठिनाहीलाइ बाहिर बसेर टुलुटुलु हेर्न सकिन, धेरै काम गर्न सकिन्छ । ’ पोखरेलको मुलमन्त्र भनेकै सरकारी सेवा सुविधामा आखा नलाउने हो । लोभलालस नगरी भएको परिचालन गर्ने लिंक बनाएर देसी विदेसी क्षत्रमा सम्पर्क गरि गर्नुपर्ने कामको विज्ञ लगाएर खाका तयार पारी योजना मुताविक काम गर्ने हो । नगरलाइ साच्चिकै नगर बनाउन सकिने पोखरेलको अनुभव छ । त्यहि अनुभव साकार पार्न, गुन लगाउने र फर्काउने बेला ३० गते शुक्रबार आउन केही दिन मात्र छ । गठनबन्धनबाट उम्मेदवार बनेका पोखरेललाइ रुख चिन्हमा मतदान गरि भारी मतले विजयी गराउन यतिखेर जनजन लागेका छन् ।

पोखरेललाइ सबैभन्दा बढी चिन्ता लागिरहेको विषय शिक्षा र स्वास्थ्य, रोजगार र अव्यवस्थित बसोवास हो । मान्छे सबैभन्दा पहिला स्वस्थ हुन जरुरी छ । प्रत्येक नागरिकका केटाकेटीले प्रतिस्पर्धी भविष्यका लागि उचित शिक्षा दिक्षाको अवसर पाउन जरुरी छ । रोजगारको खाँचो छ । बसोबासलाइ व्यवस्थित नबनाए उच्च जोखिमको खतरा हुने पोखरेलले सुनाउनुभयो ।

कमलामाइको अर्को पाटो भनेको सरसफाइ हो । असल मेयरको चित्र भनेको एउटा हातमा झाडु समातेको अर्को हातले सुन्दर नगरको चित्र समाउनुपर्ने उहाँलाइ लागेको छ । नगरलाइ सफा चिटिक्क राख्नुपर्छ, दुर्गन्धरहित राख्नुपर्छ, हराभरा होस्, झाडु लगाइरहने हो । मेयर भने गाडि चढेर दौडिनलाइ हो ? उहाँको प्रश्न छ । गाउँमा सिंहदरवार भनेको नगरवासीले दैलो खोल्दा स्थानीय सरकार पाउनु पनि हो

कमलामाइलाई गर्न सक्ने खाकाचित्र पोखरेलले कोरेका छन् । विपक्षीले जस्तो झुटा आश्वासन देखाएर हुनै नसक्ने यो गर्छु र त्यो गर्छु भन्ने पोखरेलमा छैन । जे बोल्ने त्यहि गर्ने र जे गर्ने त्यहि बोल्ने बानी रहेको छ । विपक्षीको सपना मात्र बाड्ने पुरा नगर्ने झुटा आश्वासन प्रति पोखरेल आफैँ वाक्कदिक्क छन् । यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ । त्यो पाइला कुन दिशातर्फ चाल्नुहुन्छ, त्यो महत्वपूर्ण हो उहाले थप्नुभयो ।

पोखरेलसग हुटहुटी छ । श्र्रोत साधनको अधिकतम प्रयोग गरि तत्कालका आवश्यकता पुरा गर्ने र दीर्घकालिन योजनालाइ प्रदेस र संघस“ग सहकार्य गर्ने मेयर उम्मेदवार पोखरेलको योजना छ । ‘म नगरवासीको सारथी हुँ’, उहाँले भन्नुभयो, ‘मलाइ एक पटक विश्वास गर्नुस्, म अपिल गर्न चाहन्छु । तपाईँहरुको भरोसा टुट्न दिन्न ।’

दैनिक जीवन यापनका सहयोगी तीनै पोखरेल यतिखेर मैदानमा छन् । काम गर्ने पोखरेलाइ मत नदिनु अन्याय हुने देखिन्छ । विकासका सवालमा घोषणापत्र र प्रतिवद्धता पत्र आउने र पोखरेलको अपिल हेर्न नगरवासीलाइ सादर अनुरोध गरिन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरा धेरै प्रतिवद्धता छैनन् ।’ कागजको घोषणापत्रमा पोखरेल त्यति भर पर्दैनन् । काम गरेर देखाउने उत्कट चाहना बोकेका पोखरेल नगरवासीको भरोसालाइ कदापी टुट्न नदिने वचन दिन्छन् ।

प्रतिक्रिया