शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

वडाध्यक्षमा दोहोरिने दाउमा ढकाल

आइतवार , बैशाख ११, २०७९

सिन्धुलीको कमलामाई नगरपालिकाको ४ नम्बर वडा अध्यक्षमा महेन्द्र ढकाल पुनः दोहोरिने दाउमा हुनुहुन्छ । नेपाली कांग्रेसका तर्फबाट २०७४ मा ठूलो मतान्तर सहित निर्वाचित हुनुभएका ढकाललाई पार्टीले पुनः वडाध्यक्षको टिकट दिएको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावमा वडाध्यक्षको उम्मेदवार रहनुभएका ढकालले पाँच वर्षमा अधुरा रहेका कामहरुलाई पुर्णता दिन र नजिक भएर वडाबासिको सेवा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

पाँच वर्षे कार्यकालमा कमलामाई नगरपालिकाले अघि बढाएका विवादास्पद योजनाहरुको बारेमा खबरदारी गर्नेमा १४ वडाध्यक्ष मध्य ढकाल अग्रणी स्थानमा रहेको एक कार्यपालिका सदस्यले बताउनुभयो । ढकालले वडाध्यक्षको जिम्मेवारी पाएपछि वडामा विकास निर्माणले तिव्रता पाएको स्थानिय श्याम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगर प्रमुख एमालेको र वडाध्यक्ष कांग्रेसको भएपछि वडाले बजेट नपाउने डर थियो । तर, ढकालले संघर्ष र खबरदारी गर्दै वडामा लाखौँको बजेट पार्न सफल हुनुभएको छ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया