बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको सुनकोशीमा दुई स्वतन्त्र अध्यक्षको उम्मेदवारी

आइतवार , बैशाख ११, २०७९

सिन्धुली,– सुनकोकोशी गाँउपालीकाको अध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उन्नत लोकतन्त्र पाटीवाट सुनकोशी गँउपालीका वडा नम्वर दुई स्थायी ठेगाना भएका वालकुमार वुर्जा र सुनकोशी गाँउपालीका वडा नम्वर ७ का नेपाली काँग्रेसका वडा सभापती उत्तमकुमार लामाले स्वतन्त्र अध्यक्षमा पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् यस्तै गरी सुनकोशी गाँउपालीका वडा नम्वर ३ को वडा अध्यक्षमा रामचन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

शनिवार विहान निर्वाचन अधिकृतको कार्यालयमा भएको सहमती अनुसार मंगोल अर्जनाइजेशन,जनता समाजवादी पाटी नेपाल तथा नेकपा एकिकृत समाजवादीले आज उम्मेदवारी दर्ता गनराउने कार्यसुचि भए पनि उनिहरुले आज उम्मेदवारी दर्ता नगर्ने जानकारी नेकपा एकिकृत समाजवादीका नेता मिनकुमार श्रेष्ष्ठले जानकारी दिए ।

माओवादी र काँग्रेसले १२ गते उम्मेदवारी दिने

यसै बिच स्थानिय तह निर्वाचनको लागी सुनकोशीमा माओवादी केन्द्र र नेपाली काँग्रेसले वैशाक १२ गते सोमवार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने भएका छन् । सुनकोशी गाँउपालीका निर्वाचन अधिकृतको कार्यालयमा शनिवार वसेको राजनैतिक दलहरुको सर्वदलिय वैठकले उम्मेदवारी दिने समय तालिकको निर्णय गरेका हुन ।

वैशाक ११ गते आइतवार मंगोल नेश्नल अर्गनाइजेशन पार्टीका उम्मेदवारहरुले ११ वजे देखी १ वजे सम्म उम्मेदवारी दर्ता गर्न पाउने भएको छ । यस्तै जनता समाजवादी दललाई १ वजे देखी ३ वजे सम्म समय दिईएको छ । नेकपा एकिकृत समाजवादी ३ वजे देखी ५ वजे सम्म उम्मेदवारी दर्ता गर्ने छन् ।

यसै गरी नेकपा एमालेले वैशाक १२ गते सोमवार दिउँसो १० वजे देखी १२ वजे सम्म उम्मेदवारी दर्ता गरि सक्नु पर्ने छ । नेपाली काँग्रेसले १२ वजे देखी २ वजे सम्म उम्मेदवारी दर्ता गरि सक्नु पर्ने छ ।

यस्तै माओवादी केन्द्रले २ वजे देखी ४ वजे सम्म उम्मेदवारी दर्ता गरि सक्नु पर्ने सर्वदलिय वैठकले निर्णय गरेको छ । राष्टिय प्रजातन्त्र पार्टीले ४ वजे देखी ५ वजे सम्म उम्मेदावरी दर्ता गर्नु पर्ने निर्णय भएको सुनकोशी गाँउपालीका निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले वताईन । निर्वाचन कार्यालयमा भिडभाड नहोस भनेर राजनैतिक दलहरुलाई समय दिएको निर्वाचन अधिकृत पाण्डेले वताईन । सर्व दलिय वैठकले स्वतन्त्र उम्मेदवारको लागी समय छुट्याईको देखी दैन ।

प्रतिक्रिया