बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका जनप्रतिनिधि पुन : दोहोरिने दोडधुप गर्दै

बुधवार , बैशाख ७, २०७९

सिन्धुली – सिन्धुली¬ आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सिन्धुलीका जनप्रतिनिधि दोहोरिने दोडधुपमा छन् । निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा ‘उम्मेदवार’ बन्ने कसरत सुरु भएको छ ।

सिन्धुलीमा नौँ स्थानिय तह छन् । जिल्लामा ‘दोहोरिन्न’ भन्ने अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष भेटिएनन् । अधिकाश जनप्रतिनिधि दोहो¥याउने दाउमा छन् । उनीहरुले दोहोरिनका लागि पार्टीमा लविङसमेत गरिरहेका छन् । “मैले पाँच वर्षमा धेरै राम्रो काम गरेको छु । पार्टीले टिकट दिनुप¥यो, जीत सुनिश्चित छ”, सबैजसो जनप्रतिनिधको भनाई यहि छ । “तपाई फेरि दोहोरिने हो कि माथिल्लो पदमा निर्वाचन लड्ने हो” भन्ने प्रश्नमा अधिकांशले फेरि दोहोरिने जवाफ दिएका छन् । जिल्लाका सबैजसो जनप्रतिनिधिले फेरि दोहोरिने इच्छा देखाएका छन् । एक पटक जनप्रतिनिधि भइसकेकाहरु अर्कोलाई ‘पालो’ दिन तयार देखिँदैनन् । ‘जसरी पनि आफै हुनुपर्छ’ भन्ने सोच र प्रवृत्ति नेताहरुमा झाँगिँदै आएको देखिन्छ ।

कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्री मेयरमा फेरि दोहोरिनका लागि पार्टीमा लविङ गरिरहनु भएको छ । आगामी बैशाख ३० गतेको स्थानिय तहको चुनावमा आफुले दोहो¥याउदा जित सुनिश्चित रहेको उहाँ बताउनुहुन्छ । नगरपालिकाका उपाध्यक्ष मन्जु देवकोटा पनि एक फेरपटक दोहोरिने इच्छा रहेको बताउनुहुन्छ । पाटिले टिकट दिए अनुभव साथै कामको मुल्यांकन गरेर नागरिकले जिताउने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाको १४ वटै वडाका वडा अध्यक्ष समेत दोहोराउने दाउमा छन् । दुधौली नगरपालिकाका मेयर र उपमेयर पनि दोहोरिने दाउमा छन् । पार्टीले टिकट दिए आफुहरु दोहोरिने उहाँहरुको भनाइ छ । मरिण गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पनि दोहोरिनका लागि दोडधुपमा हुनु हुन्छ । जिल्लाका नौ वटै स्थानिय तहका अधिकाशं जनप्रतिनिधि दोहोरिनका लागि धोडधुपमा छन् ।

पाँच वर्ष कार्यकालमा विकास निर्माणको काम साथै सम्पूर्ण नागरिकको समस्या सम्बोधन गरेकाले पहिलेका जनप्रतिनिधि पाएमा सजिलो हुने मरिण गाउँपालिकाका एक स्थानियले बताउनुभयो । “हाम्रो पालिकामा पहिलेकै जनप्रतिनिधि भए हामीलाई सजिलो हुन्थ्यो, पुरा नभएका विकास निर्माण सम्बोधन हुनेथियो । नयाँ जनप्रतिनिधिलाई स्थानिय तहको काम कर्तव्य बुझ्नै समय लाग्छ, पहिलेका जनप्रतिनिधिसँग पाँच वर्षको कामको अनुभव छ । उनीहरुलाइ अब काम गर्न पनि सहज हुनेछ ,” उहाँले भन्नुभयो । निर्वाचनको मिति घोषणापछि पार्टी र नेताहरु सक्रिय हुन थालेका छन्। आ–आफ्नो इच्छाअनुसार तलदेखि माथिसम्म लबिङ गरिरहेका छन् । स्थानीय तहको ‘जनप्रतिनिधि’ नै आकर्षक पद हुँदा जुनसुकै पार्टीमा मरिहत्ते गर्नेको लाइन नै देखिन्छ । पार्टी कार्यालयहरुमा उम्मेदवार आकांक्षीहरुको भीड देखिन थालिसकेको छ। कसलाई समाते पछि आफ्नो उम्मेदवारी पक्का हुन्छ भन्नेमा आकांक्षीहरु लागिसकेका छन् ।

प्रतिक्रिया