बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कमलामाईमा कांग्रेसका मेयरमा बलियो दावेदार पोखरेल

आइतवार , बैशाख ४, २०७९

सिन्धुली – कमलामाई नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरमा तिन आकांक्षि रहेका छन् । अघिल्लो स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार तथा हालका पार्टी सभापति उपेन्द्र पोखरेल, अघिल्लो बाग्मती प्रदेसभा सदस्य पदमा पराजित उम्मेदवार माणिक ढकाल र सिड्स नेपाल सिन्धुलीका अध्यक्ष तथा नेपाली काँग्रेस सिन्धुलीको उपाध्यक्ष दिपक घिमिरेको नाम मेयरको लागि शिफारिश भएका छ ।

कमलामाई नगरपालिकामा अघिल्लो स्थानिय तहको निर्वाचनमा पार्टीको आन्तरिक गुटको कारण नेपाली काँग्रेसले पराजय व्यहोर्नु प¥यो । हालै सम्पन्न १४ औँ महाधिवेशनबाट तिनै पराजित उमेदवार पोखरल सभापतिमा ठुलो मत परिणाम सहित विजयी हुुनुभएको छ । यसले केदेखाउ छ भने, पार्टीमा उपेन्द्र पोखरेल लोकप्रिय हुनु । पाँच वर्षको अवधिमा पोखरेलले पार्टी भित्रको नेता तथा कार्यकताको असन्तुष्टिलाई सम्बोधन गर्नुभएको छ ।

काँग्रेसका एक सक्रिय कार्यकताले भन्नुभयो, “पहिलोको स्थानिय तहको चुनावमा पाटिको आन्तरिक गुटको कारण थोरै मत परिणामले पराजित भएका हुन् । अहिले सबै नेता तथा कार्यकतालाई मिलाएर लगेको कारण बलियो बनेका छन् ।” पार्टि कै नेता तथा कार्यकताबाट चुनिएका पोखरेल बलियो दावेदार बन्नु भएको छ । पोखरेल जनप्रिय नेताका नाममा पनि परिचित हुनुहुन्छ ।

प्रतिक्रिया