बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एमाले सिन्धुली द्वारा आचारसंहिता उल्लघंन

बिहिवार , बैशाख १, २०७९

सिन्धुली – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी आचारसंहिता लागू भइसकेको छ। चुनावी आचारसंहिता लागू भएपनि नेकपा एमाले सिन्धुलीले भने यस्को बेवास्ता गर्दै उलंघन गरेर्र सिन्धुलीको कमलामाई नगरपालिकाको चिल्ड्रेन पार्क (बाल उद्यान) मा चुनावी ब्यानर राखेको छ । नेकपा एमालेको नगर कमिटीले उक्त ब्यानर झुण्ड्याएको हो ।

कमलामाई नगरपालिका अगाडी लोकतान्त्रिक चोक र सिन्धुली खुल्लामंचको बीचमा रहेको यो पार्क कमलामाई नगरपालिकाले संचालन गरेको हो । एमालेको यो कार्य आपत्तिजनक रहेको नेपाली काँग्रेसका नेताहरूले बताएका छन ।

नेकपा एमालेले आफूले जे गरेपनि हुने भन्दै दम्भ देखाएको प्रति नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पाखेरेललेले निर्वाचन आचार संहिंता उल्लघंन गरेर कोहि कसैले यस्तो कार्य नगरी टांगिंएको ब्यानर हटाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो “एमालेले जानाजान गतल कार्य गरेको छ, यो सच्याउनुपर्छ । नगरपालिकाले संचालन गरेको चिल्ड्रेन पार्क, त्यसमाथि बालबालिकाहरु आउने क्षेत्र अर्कोतिर चुनावी आचार संहितामा लागू भइसकेको अवस्थामा एमालेले गैरजिम्मेवारपन देखाएर चुनावी आचारसंहिताको खिलाफमा काम गरेको छ, यो हटाउनुपर्छ, नेपाली काँग्रेसको तर्फबाट सम्बन्धित निकायको तत्कालै ध्यानाकर्षण गराउँछौँ ।”

एमालेको दम्भ आगामी स्थानीय निर्वाचनमार्फत समाप्त हुने समेत उहाँले दाबी उहाँले गर्नु भयो । उहाँले एमालेलाई गैरजिम्मेवारको आरोप लगाउँदै झुटलाई छोप्न व्यानरले नसक्ने भन्दै यसको फैसला गर्न जनता आतुर रहेको बताउनुभयो ।

कमलामाई नगरपालिका वडा नं ४ का वडाध्यक्ष महेन्द्र ढकालले एमालेले चुनावी आचारसंहिता विपरीत कार्य गरेको भन्दै तत्काल हटाउनुपर्ने बताउनुभयो । उहाँले यो दम्भकारी व्यवहार असह्य भएको भएको भन्दै एमाले समाजमा गलत क्रियाकलापको सुरुवात गर्ने पार्टीको रुपमा परिचित हुँदै गएको बताउनुभयो ।

ब्यानर राख्नु गलत भएको कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल थापाको भनाइ छ । अर्कोतिर नेकपा एमाले नगरकमिटीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ चिल्ड्रेन पार्कमा ब्यानर झुण्ड्याउने कार्य चुनावी आचारसंहिता विपरीत नभएको बताउनुहुन्छ । उम्मेद्बार टुंगो लागिनसकेको र यो शुभकामना ब्यानर भएकोले कानुन ब्यावसायी हरुसँगै कानुनसल्लाह गिरेर आफूहरूले उक्त ब्यानर झुण्ड्याएको उहाँको भनाइ छ ।

प्रतिक्रिया