बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बिगतको अनुभव बटुल्दै अध्यक्ष पदमा दावी गर्दै सिन्धुलीका महिला उपाध्यक्ष हरु

बुधवार , चैत्र ३०, २०७८

सिन्धुली – नेपालको संविधानले स्थानिय तहको निर्वाचनमा एक पार्टीबाट अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था गरेको छ । मुलुक संघीय संरचनामा गएपछि २०७४ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । निर्वाचनमा उप (उपाध्यक्ष, उपप्रमुख) पदमा महिलालाई नै उम्मेदवार बनाइयो र स्थानीय तहमा उप पदमा महिला निर्वाचित भएका छन् । सिन्धुली जिल्लामा ९ स्थानीय तहमध्ये ८ स्थानीय तहमा महिला उप पदमा निर्वाचित छन् । एक स्थानिय तहमा मात्रै पुरुष उप पदमा छन् । कमलामाई नगरपालिका उपप्रमुख मन्जु देवकोटा, फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वति सुनुवार, मरिण गाउँपालिका उपाध्यक्ष संगिता माझी, घ्याङलेख गाउँपालिका उपाध्यक्ष दुर्गा देवि सुनुवारसँग चुनौती र अवसरका बीच उप पदमा हासिल गरेको सिकाइ अनुभवका विषयमा सिन्धुली सौगातसँग गरिएको कुराकानी 

उपप्रमुखलाई आर्थिक अधिकार नदिएको कारण काम गर्न समस्या भयो,

मन्जु देवकोटा,कमलामाई नगरपालिका, सिन्धुली

  २०७४ निर्वाचनमा उपप्रमुखको पदमा मलाई जिताउनुभयो । मेरो उमेदवारी पनि उपप्रमुख मै थियो । कमलामाई नगरपालिकामा निर्वाचित भएर आएपछि विधान, ऐनले दिएको कानुन कार्यविधि अनुसारको काम कारबाही अगाडि बढाइयो । पहिलो त कानुन निर्माण गर्न समस्या भयो । नगरपालिकाको प्रतिनिधित्व गर्नका लागि जनताको अगाडि कसरी जाने, विकास कसरी गर्ने भन्ने विषयमा कार्ययोजना र कानुन बनाउने विषयमा विज्ञको अभाव थियो । सल्लाकार साथै कर्मचारी पर्याप्त भएन । न्यायिक जति कानुन बनेका छन् ति कानुन बलियो नभएको कारण समस्या भयो । कानुनकै अभावको कारण चुनौति भयो । मेयर, उपमेयर, अध्यक्ष र कार्यपालिका सदस्यहरुको जिम्मेवारी बाड्फाड, काम कर्तव्य र अधिकारको बारेमा नमुना कानुनहरुको पालन गर्दै स्थानिय कानुन कार्यविधि निर्माण गरियो । उपप्रमुखको जिम्मेवारी न्यायिक समितिको प्रमुख भएकाले नगरबासीको पिरर्मका र समस्यालाई बस्तिस्तरबाटै छनोट गरि टोलवस्ति स्तरमै समस्याको समाधान गर्नका लागि नगरपालिकामा न्यायिक समिति गठन भयो । वडा स्तरमा पनि मेलमिलाप कर्ता गठन गरियो । न्यायको क्षेत्रलाई सबल, सक्षम र जनताहरुलाई त्यसै अनुसारको न्याय दिने पहिलो पहल र कदम भयो । समग्र नगरको विकासमा बाटो, पानी, भवन, कुवा, विजुली, शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका, युवा लगाएत पुर्वाधार विकासमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल, कार्ययोजना बनाइ काम गरियो । निर्वाचित हुदै गर्दा भुकम्पको समस्या थियो । त्यसपछि पार्टी एकताका समस्या, पाटी एकतापछि विवादको समस्या, कोभिड माहामारीको समस्या थियो । सरकार परिर्वतन भएर हामीले तयार गरेका धेरै बजेट कटौटि भयो । नगरपालिकाको विकास निर्माणमा कानुन निर्माण गरौँ । पाँच वर्षमा धेरै बुझ्ने अवसर पायौँ, जनताको प्रतिनिधित्व भएर जनताको सेवा गर्न जनताको मत लिएर काम गर्ने एउटा मौका मिल्यो । काम गर्ने सवालमा कतिपय कुरामा आफ्नो अडानहरुपनि रहे, सबै क्षेत्र आर्थिकमै जोडिन्छ । उपप्रमुखलाई आर्थिक अधिकार छैन । आर्थिक अधिकार नभएको कारण जनताको अपेक्षा अनुसारको काम गर्न सकिएन । धेरै सर्घषका साथ हामीले विकासको फड्को मार्नका लागि धेरै काम गरौँ । जस्तै, गरिबि नियन्त्रण, श्रम स्वास्थ्य विमा, महिला हिंसा, बहुविवाह, बालविवाह, विभिन्न किसिमका घट्नाको नियन्त्रणका कुराहरुमा काम गरियो । हिंसा पिडित महिलाई संरक्षण गर्नका लागि १२ कोठाको संरक्षण केन्द्र निर्माण भएको छ । सो केन्द्रमा अहिले हिसांमा परेका महिलालाई सिप सिकाउँदै उनीहरुको पिडामा मलम लगाउदै अभिवाकको भुमिका निर्वाह गरेका छौँ । कोभिड माहामारिको समयमा नागरिकलाई स्वास्थ्य उपचार दिन घरघरमै स्वास्थ्यकर्मीको साथमा हामी पनि पुग्यौँ । यो पाँच वर्ष धेरै लामो समय लागेन काम गर्दा समय थोरै भएको अनुभुत गरे । एक कार्यकाल काम सिक्ने मौका मात्र भएकाले अर्को कार्यकालमा प्रभावकारी काम गर्न सक्ने विश्वासको साथ पुर्न आगामी वैशाख ३० गतेको निर्वाचनमा पुर्न उपप्रमुख पद दोहो¥याउने सोच बनाएको छु । उपप्रमुखको काम कर्तव्य लगाएतका धेरै कुरा बुझि सकेको कारण अर्को कार्यकालमा काम गर्न सहज हुने छ ।

एउटै पार्टीको बहुमत भएकाले काम गर्न सजिलो भयो संगिता माझी, उपाध्यक्ष मरिण गाउँपालिका, सिन्धुली

२०७४ सालको निर्वाचनमा पाटिले निर्णय गरेर मलाई उपाध्यक्ष पदमा उठ्न लगायो । पहिलो निर्वाचन भएकाले मैले धेरै बु झेको थिएन, म उपाध्यक्ष भएर चुनाव लड्छु भन्ने सोच पनि थिएन । एकैचोटि पार्टीले नै निर्णय गरेर मलाई यो पदमा उठाएको हो । जनताले पनि मलाई विश्वास गरेर मरिण गाउँपालिकाको उपाध्यक्षमा जिताउनुभयो । निर्वाचित भएपछि सुरुमा त कहाँबाट कसरी काम गर्ने, कसरी सुरुवात गर्ने भन्ने विषयमै अलमल भए । ऐन, विधान, कानुन लगाएत धेरै विषय अध्यन गरे । कानुन निर्माणमा कानुनी विज्ञ नभएकाले धेरै समस्या भयो । काम गर्दै जादाँ धेरै कुरा सिक्ने अवसर पाए । अहिले अध्यक्षलाई भन्दा धेरै जिम्मेवारी र कार्य बोझ उपाध्यक्षलाई छ । उपाध्यक्षको न्यायिक समितिको संयोजक, राजस्व परामर्श समितिको संयोजक, अनुगमन समितिको संयोजक, बजेट बनाउनुपर्ने, संघसंस्थासँग समन्वय गर्नुपर्नेसहित ११ भन्दा बढी समितिको संयोजकको जिम्मेवारी छ । एउटै पार्टीको बहुमत भएकाले मलाई काम गर्न सहज पनि भयो । मरिण गाउँपालिकाको सम्पूर्ण वडाका वडा अध्यक्ष सहित अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादीबाट निर्वाचित छन् । मैले उपाध्यक्षको हिसाबले पाएको जिम्मेवारी कतिसम्म पूरा गर्न सकें भन्ने कुरा जनताले पनि मुल्यांकन गरेका छन् । मैल मेरो जिमेवारी कुशलतापूर्वक निर्वाह गरेको छु । हिजोको दिनमा अफ्ट्यारो हुदाँ त हामीले काम गर्न सकेयौँ भने, अहिले त सबै कुरा बुझेका छौँ । यहि अनुभवलाई बटुल्दै पुर्न एक फेर उपाध्यक्षमा दोहो¥याउने सोच बनाएको छु । अध्यक्ष पदमा धेरै आकाक्षी भएकाले मैले अध्यक्ष पदमा दावी गर्न सकिन । उपाध्यक्षको जिमेवारीको विषयमा राम्रो ज्ञान भएकाले अर्को कार्यकालमा प्रभावकारी काम गर्ने छु ।

कानुन निर्माणको क्रममा समाजका वुद्धीजिविहरुले नै नकरात्मक टिप्पणी गरे, पार्वती सुनुवार,उपाध्यक्ष,फिक्कल गाउँपालिका

    म अध्यक्ष पदको आकांक्षी थिए । पार्टीको निर्णयले मलाई उपाध्यक्ष पदको टिकट दियो । पार्टीको निर्णयलाई कावन्यन गर्दै मैले उपाध्यक्षमा उमेदवारी दिए । जनताले उपाध्यक्ष भएर काम गर्ने अवसर दिनुभयो । हामी निर्वाचित हुदाँ स्थानिय सरकार संचालन ऐन बनेको थिएन । सविधानको धारा २२७ मा न्यायिक समिति रहने छ, त्यसको संयोजक उपाध्यक्ष तथा उपप्रमुख रहने छ भनेको थियो । पछि स्थानिय सरकार संचालन ऐन आयो त्यसमा परिभाषित जिम्मेवारी योजना तर्जुमा, राजस्व परामर्श समितिको संयोजक, अनुगमन समितिको संयोजक, बजेट बनाउनु पर्ने, संघसंस्थासँग समन्वय गर्नुपर्ने सहित ११ भन्दा बढी समितिको संयोजकको जिम्मेवारी छ । यी नै जिम्मेवारीमा रहेर प्रभावकारी काम गरेको छु । पहिलो स्थानिय सरकार भएकाले ऐन कानुन निर्माण नभएको ६ महिना अन्यौलयमा रहयौँ । ६ महिना सम्म सामान्य नितिगत योजना निर्माण गर्ने काम कायन्वन गर्ने काम गरौँ । पछि संघ सरकार र प्रदेश सरकारमा निर्वाचित जनप्रतिनिधिले आफ्नो ऐन कानुन निर्माण गर्नुभयो । त्यसपछि हामीलाई काम गर्न सजिलो भयो । काम गर्ने क्रममा पहिलो सरकार भएकाले धेरै चुनौति त आए । कानुन निर्माणको क्रममा समाजका वुद्धजिवि, शिक्षक, नागरिकहरुले नै नकरात्मक आलोचना गरेका थिए । त्यसको वाबजुत पनि हामीले कानुन निर्माण गरेर प्रभावकारी काम गरेका छौँ । उपाध्यक्ष भएपछि गाउँपालिकामा धेरै कुरामा परिवर्तन आएको छ । खानेपानी, बिजुली, संचार, शिक्षाका विषय यो कार्यकालमा उठाएका छौं । म निर्वाचित भएको खण्डमा संविधानले प्रदत्त गरेको मौलिक हकहरु कार्यान्वयन गर्न लागि पर्ने छु । म महिलाको कोटामा भन्दा पनि खुल्लारुपमा अघि बढ्दै आइरहेको छु । अघिल्लो निर्वाचनमा मेरो अध्यक्षमा दाबी थियो । तर त्यो पूरा नभएको हुँदा अबको निर्वाचनमा अध्यक्षमा उठ्ने मेरो तयारी हो । नेकपा एमालेको जिल्ला कमिटीमा बसेको ३ कार्यकाल भइसकेको छ । मलाई लाग्छ पार्टीले पनि विश्वास गरे अध्यक्षको टिकट पाउने छु ।

पाँच वर्षको अनुभवलाई बटुल्दै अध्यक्ष पदमा दावी गरेको छु, दुर्गादेवी सुनुवार, उपाध्यक्ष, घ्याङलेख गाउँपालिका

महिला नै उपाध्यक्ष हुने व्यवस्था संविधानमा छैन । पहिलो स्थानीय तहमा अधिकांश पालिकामा महिलालाई उपाध्यक्ष वा उप्रप्रमुख उठाएकाले महिलाहरूका लागि छुट्याएको पद भनेर बुझ्नु गलत हुन्छ । महिलाहरू अध्यक्ष वा प्रमुख हुन सक्षम छन् । उपाध्यक्षले न्यायिक समिति, राजस्व परामर्श समिति, अनुगमन समितिलगायत धेरै किसिमका समितिको संयोजक भएर काम गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिले अध्यक्षलाई भन्दा धेरै जिम्मेवारी र कार्य बोझ उपाध्यक्षलाई छ । संघीयता आउनुभन्दा पहिला भूगोलको अवस्था जीर्ण थियो । अहिले नागरिकले धेरै कुरा पाउनु भएको छ । हामी शून्य अवस्थाबाट उठेका हौं । जहाँ बिजुली, सडक, खानेपानी केही कुराको पनि राम्रो व्यवस्था थिएन । कृषि, भौतिक पूर्वाधारको एजेन्डा थिएन ती सबै कुराहरु हामीले व्यवस्था गर्दै आएका छौं । त्यो अवस्थालाई पूरा गर्न दिगोपन ल्याउन अझै बाँकी छ । पाँच वर्ष सम्मको कामबाट धेरै कुरा सिक्ने अवसर पाए । प्रमुख तथा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य बनाउँदा महिलाले मौका पाएको हो र विधिले पाएको हो । दोस्रो चरणको निर्वाचनमा जाँदा उपाध्यक्षहरुले जो काम गर्न सक्ने महिलाहरुको अवसर गुम्न सक्ने अवस्था पनि आइरहेको छ । यो एउटा पार्टीको मात्रै होइन सबै पार्टीमा देख्छु म । किनभने गठबन्धनको अवधारणाले गर्दा महिलाले प्रतिस्पर्धा गर्न सक्दैन भन्ने पुरुषले भावनाहरु पोखिराखेको छ । तर प्रतिस्पर्धा गर्न सक्ने महिलाले भने अवसर पाउनु पर्छ । त्यो पाउनको लागि विधि नै ढाल्नु पर्छ नत्र भने सम्भावना छैन । पार्टीभित्र निरन्तररुपमा संघर्ष गर्ने दुःख र हैसियत बुझ्ने महिलाहरु छुट्नु हुँदैन भन्ने मेरो भनाइ हो । त्यसरी जानको निमित्त नीति नै बनाउनु पर्छ । प्रमुखमा नै महिलालाई सके ५० प्रतिशत नसके ३३ प्रतिशत अनिवार्य नै बनाउनुपर्छ । केन्द्रीय महिला नेतृहरुसँग मैले छलफल गरेको छु । केन्द्रमा पुग्नु भएको महिला नेतृहरुले मैदानमा हेर्नुभएन, टेक्ने धर्तीमा हेर्नुभएन भने दुर्भाग्य हुने छ भनेर मैले भनेको पनि छु । कृषि क्रान्ति, कृषकलाई देशमै स्वाबलम्बन बनाउनु पर्ने छ । सभ्य समाजको निर्माण गर्न सभ्य नागरिक बनाउनु नै पर्छ । हरेक कुरालाई दिगो बनाउन धेरै बाँकी रहेको छ । म अध्यक्षमा निर्वाचित भएको खण्डमा ती कुरालाई प्राथमिकतामा राख्ने छु । अधुरा कामहरुलाई पूरा गर्ने मेरो सोच हो । , नागरिकहरुले नै नकरात्मक आलोचना गरेका थिए । त्यसको वाबजुत पनि हामीले कानुन निर्माण गरेर प्रभावकारी काम गरेका छौँ । उपाध्यक्ष भएपछि गाउँपालिकामा धेरै कुरामा परिवर्तन आएको छ । खानेपानी, बिजुली, संचार, शिक्षाका विषय यो कार्यकालमा उठाएका छौं । म निर्वाचित भएको खण्डमा संविधानले प्रदत्त गरेको मौलिक हकहरु कार्यान्वयन गर्न लागि पर्ने छु । म महिलाको कोटामा भन्दा पनि खुल्लारुपमा अघि बढ्दै आइरहेको छु । अघिल्लो निर्वाचनमा मेरो अध्यक्षमा दाबी थियो । तर त्यो पूरा नभएको हुँदा अबको निर्वाचनमा अध्यक्षमा उठ्ने मेरो तयारी हो । नेकपा एमालेको जिल्ला कमिटीमा बसेको ३ कार्यकाल भइसकेको छ । मलाई लाग्छ पार्टीले पनि विश्वास गरे अध्यक्षको टिकट पाउने छु ।  

प्रतिक्रिया