सिन्धुली¬आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा मरिण गाउँपालिकाको अध्यक्ष पदमा गाउँपालिकाका बर्तमान अध्यक्ष पानीराज बम्जनले दावेदारी गर्नुभएको छ । पाचँ वर्ष कार्यकालमा गाउँपालिकालाई विकास निर्माणमा परिर्वतन गराउन सफल भएको भन्दै उहाँले बाँकी रहेका अधुरा काम पुरा गर्नका लागि फेरि पनि अध्यक्ष पदमा दावेदार गरेको बताउनुभयो । उहाँ २०७४ को स्थानीय तहको निर्वाचन नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
अध्यक्ष पदमा निर्वाचित भएर आए पश्चात गाउँपालिकामा शिक्षा, स्वास्थ्य र विकास निर्माणका काममा धेरै परिर्वतन भएको छ । गाउँपालिका भित्र ४८ वटै सामुदायिक विद्यालयमा बालविकास केन्द्रको स्थापना भएको छ । गुणस्तरिय शिक्षाका लागि विषयगत शिक्षकको व्यवस्था, शिक्षकको मनोबल बढाउन मासिक भत्ता लगाएतका सुविधा व्यवस्था भएको छ । गाउँपालिका भित्र आवश्यकताको आधारमा विद्यालयको भवन निर्माण साथै बिद्यालयमा बिद्यालय बसको सुविधा समेत रहेको छ ।
पालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकि स्थापना गरिएको छ । स्वास्थ्य चौकिमा विशिषज्ञ सहितको निशुल्क औषधी प्रदान गरिएको छ । पञ्चकन्या पोखरीको डिपिआर, बिशाल कुमार स्मृती निर्माण, साङचोली गुम्बा डिपिआर, खेलकुद रंगशाला निर्माण, पालिकाको सबै स्थानमा ट्राक बाटो, कृषि बजारीकीकरणको लागि कृषि बजार निर्माण झोलुङ्गे पुल निर्माण लगायतको महुत्वपूर्ण काम गर्नुभएको छ ।
त्यस्तै आर्थिक समृद्धिको लागि कृषिमा बिशेष अनुदान, साना साना उधोग संचालन र रोजगाको सृजना भएको छ । ६० बर्ष माथिका अपांग, घ बर्गको एकल महिला र अनाथ बालबालिकाको लागि निशुल्क सपरिवार बिमा, ट्र्याक बाटोको स्तरउन्नति, भुमिहिनको लागि जग्गा को नापि तथा लालपुर्जा बितरण, युवाहरु लाई व्यवसायमा जोड्ने र सबै वडामा बिजुली पु¥याउने लक्ष रहेको अध्यक्ष बम्जनले बताउनुभयो ।