सिन्धुली – नेकपा (एमाले)बाट गोलञ्जोर गाउँपालिकाको अध्यक्षमा शंकरराज बराललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ । पार्टी इञ्जार्ज तथा सांसद गणेश पहाडीको उपस्थितिमा भएको पार्टी पालिका पदाधिकारीको बैठकले बराललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरको हो । सिन्धुलीमा सर्वसम्मत उम्मेदवार बनाउने गोलञ्जोर गाउँपालसका पहिलो बनेको छ ।
पालिका अध्यक्षका दागि आठ जनाको दाबी थियो । अध्यक्षमा दाबी गर्नेहरूमा नारायण बराल, टीका देवकोटा, डण्ड गुरूङ, ध्रुव श्रेष्ठ, गोविन्द लुंगेली, शंकर बराल, शंकर लुंगेली र शेखर बस्नेत थिए । एमालेबाट अहिलेसम्म वडा नम्बर ३ र ४ वडाध्यक्ष टुंगो लागेको छ । अन्य वडामा भने टुंगो लाग्न बाँकी छ ।