सिन्धुली– सिन्धुलीमा सत्तारुढ ग ठबन्ध न दलहरुबिच आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावकालागि कसरी एक्यबद्ध भएर चुनावी तालमेल गर्ने भनेर छलफल भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँगे्रस, जनता समाजवादि पार्टी र एकिकृत समाजवाीदका जिल्ला नेताहरुबिच उम्मेदवारको बाँ डफाँटका बारेमा सोमबार छलफल भएको हो ।
नेपाली काँंग्रेस सिन्धुलीका सभापति उपेन्द्र पोखरेलको संयोजकत्वमा बसेको बैठकमा नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल ‘राजन’, जनता समाजवादी पार्टीका .सुरदबहादुर स्याङतान, एकिकृत समाजवादीका सुरत पाख्रिन, सिन्धुली काग्रेसका सचिव इन्श्वर बस्नेत लगायत ग ठबन्धन दलका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
बैठकले आगामी निर्वाचनको पुर्वतयारीकालागि संयन्त्र गठन गर्ने निर्णय गरेको माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज राजन दाहालले जानकारी दिनुभयो । बैठकले नगर र गाउँपालिकामा प्रत्येक दलको एक\एक जना सदस्य रहने गरि पालिकास्तरिय संयन्त्र गठन गर्ने निर्णय गरेको हो । उक्त संयन्त्र केहि दिनमै गठन गरिने दाहालले बताउनुभयो । यसैगरि, उक्त संयन्त्रले आगामी २५ गतेभित्र सम्बन्धित पालिकामा जनमत र समग्र वस्तुस्थितिको लिखित प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।
२०७४ वैशाख ३१ गते भएको स्थानिय तहको चुनावमा सिन्धुलीमा ७९ वडा मध्य सबैभन्दा धेरै माओवादी केन्द्रले ३३ वडामा वडा अध्यक्षमा विजयी हासिल गरेको थियो भने नेकपा एमालेले २७ र नेपाली कांग्रेसले २६ वडामा अध्यक्षको उम्मेदवार विजयी भएका थिए । त्यस्तै, नौँ वटा स्थानिय तहमध्ये नेकपा एमाले तीनवटा अध्यक्ष र चारवटा उपाध्यक्षमा, माओवादी केन्द्र तीन\तीन वटा अध्यक्ष र उपाध्यक्षमा र नेपाली कांग्रेस तिन वटा अध्यक्ष र दुईवटा उपाध्यक्षमा विजयी भएका थियो ।
उक्त चुनावमा सबै दल एक्लाएक्लै चुनवि मैदानमा उत्रिएका थिए । उक्त चुनावमा शिर्ष पदकालागि सबैभन्दा बढि माओवादी केन्द्रका उम्मेदवारले चुनाव जितेका थिए । तथ्यांक अनुसार सिन्धुलीमा पाँच दलिय ग ठबन्धनले नेकपा एमालेलाई चुनावमा हम्मेहम्मे बनाउने राजनितिका बुद्धिजिविहरुले बताउने गरेका छन् ।