बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कमलामाई सिन्धुलीको नगरप्रमुख खत्री र उपप्रमुख देबकोटा दुबै नगर प्रमुखको दौडमा

सोमवार , चैत्र २१, २०७८

सिन्धुली –२०७४ को निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित कमलामाई नगरपलिका प्रमुखखडग बहादुर खत्री र उपप्रमुख मन्जु देबकोटा दुबैले पुनः निर्वाचनमा उठ्ने बताउनुभएको छ । नगरप्रमुख खत्री नगर प्रमुखमा पुनः दोह्याउने सोचमा हुनुहुन्छ भने उपप्रमुख देबकोटा पनि नगर प्रमुखकै दौडमा हुनुहुन्छ ।

कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख र उपप्रमुखले आफुले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता दिने कार्यक्रममा उहाँहरु दुवैजनाले पार्टीले विश्वास गरेर अघि सारे दुबै जनाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवारी दिने तयारी गरेको बताउनु भयो ।

यसैगरि कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख र उपप्रमुखले आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नुभएको छ । आइतबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मन्जु देबकोटाले नगरपालिकाबाट लिएको सुविधाको सवारी फिर्ता गरेको जानकारी दिनस भएको छ ।

नगरका प्रमुख प्रशासकिय अधिकृत विसकशेन ढकाललाई चाबि हस्तान्तरण गर्दै खत्रीले आइतबारबाटै सरकारी सविधाको गाडी नचढ्ने बताउनुभयो । आफ्नो कार्यकाल बाँकीरहे पनि निर्वाचन नजिकिदै जाँदा पार्टीको कामले जनताका माझमा जानुपर्ने भएपछि राज्यले दिँदै आएको सुविधा फिर्ता गरेको नगर प्रमुख खत्रीले बताउनुभयो । “निर्वाचन नजिकिदैँ छ। अब निर्वाचनको तयारीका लागि पार्टीका गतिविधि लिएर नागरीकका घरदैँलोमा जानुपर्ने भएपछि सरकारी सुविधा फिर्ता गरिएको हो,” उहाँले भन्नुभयो ।

आफु निर्वाचित भइ आउँदा नगरको समग्र विकासका धेरै चुनौतीहरु रहेको उहाँले बताउनुभयो । “खानेपानी र उज्यालोको अवस्था नगरमा १५ प्रतिसत् मात्र थियो । सडक सञ्जालबाट धेरै वडाहरु वञ्चित थिए । शिक्षाको पुर्वाधारको रुपमा रहेका विद्यालय भवनहरु रुग्ण थिए । नगरको कुनै विशिष्टिकृत उत्पादन र स्वनिर्भर उत्पादनहरु थिएनन् । ऐतिहाँसिक सिन्धुलीगढी इतिहासको गर्वमा थियो । नगर पर्यावरण र सरसफाई लाई विकासको सुचकको रुपमा लिइएको थिएन ।”

नगरवासीहरुको चाहनालाई पुरा गर्नु आफ्नो कर्तब्य रहेको तर आन्तरिक आय साथै संघ र प्रदेशको अनुदानको पुनरवितरणको असमान नीतीले गर्दा नगरको पुर्वाधार विकासको लागि साधन र स्रोतको सँधै अभाव रहेको नगरप्रमुख खत्रीले जानकारी गराउनुभयो । विकास निर्माणमा उपलब्ध स्रोत र साधनको विशिष्ट संयोजन गरेर र विभिन्न निकायहरुसँग सम्बन्ध विस्तार गरेर नगरवासिहरुको चाहनालाई सक्दो सम्बोधन गरेको उहाँले बताउनुभयो ।

“उज्यालो नगर निर्माणमा हामीले गरेको विद्युत विस्तारले नगरका हरेक कुना र बञ्चितिमा परेका घरपरिवारहरु विजुली प्रयोग गर्न सफल भएका छन् । नगरसँग आत्म निर्भरको उत्पादनहरु छन् । दुध र मासुलाई हामीले हाम्रो नगरको विशिष्टिकृत उत्पादन वनाउन सफल भएका छौ । नगरका विद्यालय भवनहरु अत्याधुनिक र विद्यार्थी मैत्री वन्दै गरेका छन् । नेपालकै नमुनाको रुपमा सिन्धुलीगढीको विकास भएको छ । सिन्धुलीगढी इतिहासको गर्तबाट वाहिर ल्याएर नेपालकै एउटा प्रमुख गन्तब्यको रुपमा ल्याउन सफल भएका छौं ।”

नगरप्रमुख खत्रीले भन्नुभयो, “आय आर्जनका कार्यक्रमले युवाहरुको खाडी क्षेत्रको मोहलाई थोरै भएपनि सोच्ने अवसर दिएको छ । लोक गायक कृष्ण विक्रम थापाको सालिक सिन्धुलीगढीमा स्थापित गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनासँग हामीले नागरिक सैनिक सम्बन्ध विस्तारको नमुना संयोग वनाएका छौं । जनवादी गणतन्त्र चीन र कोरियाका शहरहरुसँग हाम्रो भगिनी सम्बन्ध स्थापित गरेका छौं । सवै काम सम्पन्न गर्न हामीलाई संविधानले ५ वर्षको पदावधी दिएको छ । दुई दशक पछाडि देखिको अभाव र पछौटेपनलाई आधारभूत संरचना र सेवा दिने स्तरमा ल्याई पु¥याउन हामीले कुनै दिन विश्राम गर्न पाएनौ । यसै विचमा कोभिड १९ माहामारीको चपेटाबाट समेत हामीले खेप्नु पर्यो । यद्यपी हाम्रो संकल्पलाई कुनै माहामारी र विपदले निरुत्साहन गर्न सकेन । हामीप्रति नगरवासीको ठुलो सहयोग र सदभाव रह्यो । यसैले नै हामीले यती गर्न सक्यौ । ”

जिल्लामा यसअघि घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गा सुनुवारले आफूले चढ्दै आएको गाउँपालिकाको गाडी फिर्ता गरि सक्नु भएको थियो ।

प्रतिक्रिया