सिन्धुली– – आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सिन्धुलीका दलहरू उम्मेदवार छनोटमा जुटेका छन् ।
चुनावी प्रचारप्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरूले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने विषयलाई समेत छलफलको प्राथमिकतामा राखेका छन् । दलहरूबीच चुनावमा तालमेलको सम्भावना रहेपनि अहिलेसम्म औपचारिक रूपमा छलफल भने अघि बढ्न सकेको छैन ।
नेपाली काँग्रेसले एक महिने जागरण अभियान सञ्चालन गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले टोल कमिटी गठन र घरदैलो अभियान सञ्चालन गरेका छन् । राप्रपा र जसपाले समेत उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । वडा र पालिकामा स्वतन्त्र उम्मेदवारहरूसमेत खुल्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रले जिल्लाको वडामा वडाध्यक्ष पदको उम्मेदवार टुंगो लगाउने तयारीमा छ । नेकपा एमालेपनि तयारीमा जुटेको छ भने काँग्रेसले आन्तरिक रूपमा उम्मेदवार चयनमा जुटेको छ । काँग्रेसले केहि वडामा औपचारिक रूपमा उम्मेदवार घोषणा भई सकेपनि आज (सोमवार)सँम्म सवै वडाअध्यक्षको नामावलि आउने नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र पोखरेलले जनाकारी िदनु भयो । यस अघिनैै नेपाली काँगेस सिन्धुलीले यस अघिनै चैत २० गते वडा भेला गरि २१ गते गाउँ, नगर कार्यसमितिमा उम्मेदवारको नाम सिफारिस बुझाउने परिपत्र समेत गरेको छ ।
नेपाली कांँग्रेसले जागरण अभियानसँगै उम्मेदवार चयनको प्रक्रियालाई अघि बढाएको छ । काँग्रेस जिल्ला सभापति प्रोखरेलले वडा र पालिका कमिटीलाई उम्मेदवारहरूको नामावली सिफारिस गर्न भनिएको र छिट्टै नै उम्मेदवारहरूको टुं्गो लाग्ने जानकारी दिनुभयो ।
२०७४ सालको स्थानीय तहको चुनावमा आफूले जितेका वडालाई बचाउँदै थप वडा र पालिका जित्ने लक्ष्यसहित चुनावी अभियानसँगसँगै उम्मेदवार छनोटलाई समेत तीव्र पारिएको नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्र्चाज लेखनाथ दाहाल (राजन)ले जानकारी दिनुभयो ।
नेकपा एमाले सिन्धलीका जिल्ला अध्यक्ष कुमार बहादुर कार्की (रामकुमार)ले चुनावी अभियानसंगै आन्तरिक रूपमा वडा र पालिकाको उम्मेदवार चयनको प्रक्रियासमेत अघि बढेको जानकारी दिनुभयो । उम्मेदवार छनोटलाई दृष्टिगत गर्दै चैत २५ गतेभित्र उम्मेदवारहरूको सिफारिस गरिसक्न पालिका स्तरीय कमिटीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणानुसार सिन्धुलीमा आगामी चुनावमा १ लाख ५ हजार ९४२ पुरुष, १ लाख ३९३ महिला र एकजना अन्य मतदाता रहेको छ । जिल्लाको ९ वटै स्थानीय तह र ७९ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न १४४ मतदानस्थल र २६८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सिन्धुली जिल्लामा २ नगरपालिका र सात गाउँपालिका छन् । सिन्धुलीको सदरमुकाम रहेको कमलामाई नगरपालिकामा पुरुष २२ हजार ४ सय ७० र महिला २२ हजार २८ गरि जम्मा ४५ हजार २८ मतदाता रहेका नगरमा ३७ मतदानस्थल र ६२ मतदान केन्द्र तोकिएको छ ।
दुघौली नगरपालिकामा पुरुष २३ हजार ६ सय ५५ र महिला २३ हजार ३ र अन्य १ जना गरि जम्मा ४६ हजार ६ सय ५९ मतदाता रहेका नगरमा २४ मतदानस्थल र ५९ वटा मतदान केन्द्र तोकिएको छ ।
तिनपाटन गाउँपालिकामा पुरुष १३ हजार ३ सय ५० र महिला १२ हजार ५ सय ५४ गरि जम्मा २५ हजार ९ सय ०४ मतदाता कायम रहेको गाउँपालिकमा १९ मतदानस्थल र ३२ वटा मतदान केन्द्र रहेको छ ।
हरिहरपुरगडी गाउँपालिकामा पुरुष ९ हजार १ सय ३० र महिला ८ हजार ३ सय ३३ गरि जम्मा १७ हजार ४ सय ६३ मतदाता कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र २१ वटा मतदान केन्द्र रहेको छ ।
त्यस्तै सुनकोशी गाउँपालिकामा पुरुष ९ हजार ४ सय २७ र महिला ८ हजार ७ सय २७ गरि जम्मा १८ हजार १ सय ५४ मतदाता कायम रहेको गाउँपालिकमा १२ मतदानस्थल र २४ वटा मतदान केन्द्र रहेको छ । उता गोलन्जोर गाउँपालिकामा पुरुष ७ हजार ६ सय ४३ र महिला ७ हजार ६ सय ३९ गरि जम्मा १४ हजार ३ सय ८२ मतदाता कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेको छ ।
घ्याङलेख गाउँपालिकामा पुरुष ५ हजार १ सय ५२ र महिला ४ हजार ८ सय २३ गरि जम्मा ९ हजार ९ सय ७५ कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेको छ ।फिक्कल गाउँपालिकामा पुरुष ६ हजार ३ सय १२ र महिला ५ हजार ६ सय गरि जम्मा ११ हजार ९ सय ७५ मतदाता कायम रहेको गाउँपालिकमा १३ मतदानस्थल र १६ वटा मतदान केन्द्र रहेको छ ।
मरिण गाउँपालिकामा पुरुष ८ हजार ८ सय ३ र महिला ८ हजार ४३ गरि जम्मा १६ हजार ८ सय ४६ मतदाता कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र २१ वटा मतदान केन्द्र रहेको छ । यसैगरी हरिहरपुरगडी गाउँपालिकामा पुरुष ९ हजार १ सय ३० र महिला ८ हजार ३ सय ३३ गरि जम्मा १७ हजार ४ सय ६३ मतदाता कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र २१ वटा मतदान केन्द्र रहेको छ ।
स्थानीय तहको निर्वाचनमा म्याग्दीमा २० राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । स्थानीय तह निर्वाचनमा सिन्धुलीमा राष्ट्रिय मान्यता प्राप्त ६ पार्टीमध्ये नेकपा एमाले, नेपाली कांगँेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी रहेका छन् ।
निर्वाचन कार्यालयले कर्मचारीको विवरण संकलन गरेर श्रेणी÷तह विवरण छुट्याउने र पालिकामा कति कर्मचारी छन् छुट्याएर मुख्य निर्वाचन कार्यालयमा पेस गर्ने तयारी गरिरहेको निर्वाचन अधिकारीे झाले जानकारी दिनुभयो । मतदानका लागि मतपेटिका लगायतका सामग्रीको तयारीमा कार्यालय लागेको छ । केन्द्रको निर्देशन गरेको कार्यतालिकाअनुसार निर्वाचन केन्द्रित तयारीमा जुटेको उहाँको भनाइ छ । चैत २९ गते नियुक्ति दिने गरी म्याग्दीका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।
कार्यालयका अनुसार, निर्वाचन आयोगले धनुषा जिल्ला अदालतका न्यायाधीश धुर्व प्रसाद सापकोटालाई कमलामाई नगरपालिकापनि हेर्नेगरी जिल्लाकोे मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । आयोगले गोलन्जोर गाउँपालिकाका लागि राष्ट्रिय किताबखाना ललितपुरका निर्देशक प्रकाश जंग कार्कि, घ्याङलेख गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय सिन्धुलीका जिल्ला न्यायाधिवक्ता विमल थापा, तिनपाटन गाउँपालकाका लागि जिल्ला समवन्य समितिको कार्यालय सिन्धुलीका जिल्ला समवन्य अधिकारी सुमन कुमार कार्की, दुधौली नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समुह) उपसचिव दिपक ढकाललाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । यस्तै, फिक्कल गाउँपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारका उपसचिव डिक बहादुर कार्की, सुनकोशी गाउँपालिकामा सम्पत्ति सुिद्धकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरका उपसचिव विनोद कुमार दाहाल, हरिहरपुरगढी गाउँपालिकामा सिन्धुली जिल्ला अदालतका श्रेस्तेदार भरत कुमार दाहाल र मरिण गाउँपालिकामा खानेपानी मन्त्रालयका उपसचिव दुर्गा बन्जाडेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।