बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा २० दल, दुई लाखभन्दा बढी मतदाता

आइतवार , चैत्र २०, २०७८

सिन्धुली – आसन्न स्थानीय तहको निर्वाचनमा सिन्धुलीमा २० दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दल तथा निर्वाचन चिन्ह प्राप्तिका लागि १४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले ले जनाएको छ ।

दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल रहेका छन् । त्यस्तै अन्य दलले निर्वाचन चिन्ह प्राप्तिका लागि निवेदन दर्ता गरेको निर्वाचन कार्यालय प्रमुख पुष्पा कुमारी झाले बताउनु भयो ।

निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन् । सिन्धुलीमा दर्ता भएका २० दलबाहेक अन्य दलले उम्मेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने झाले बताउनु भयो । निर्वाचन कार्यतालिका अनुसार आउँदो वैशाख ८ गते सदरमुकाम सिन्धुलीमामा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिनेछ । आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ ।

सिन्धुलीमा निर्वाचन आयोगले गत आइतबार सार्बजनिक गरेको मतदाता नामावलीमा २०७९ बैशाख २९ गते सम्म १८ वर्ष पुरा हुने भएका सिन्धुलीमा २ लाख ६ हजार ३३६ मतदाता हुने छन् । जस्मा पुरुष एक लाख ०५ हजार ९४२ पुरुष, एक लाख ३९३ महिला र अन्य एकले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।

पाँच वर्ष अघिकोे स्थानीय तहमो निवार्चनमा भन्दा झण्डै ३८ हजार ९० जना मतदाता थपिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ६८ हजार दुई सय ४६ मतदाता थिए । यो पटक ३८ हजार ९० बढेर २ लाख ६ हजार, ३ सय ३६ पुगेको हो ।

निर्वाचनका लागि जिल्लामा १४४ मतदानस्थल र २६८ मतदान केन्द्र व्यवस्थित गर्ने भएको छ । सिन्धुली जिल्लामा २ नगरपालिका र सात गाउँपालिका छन् । सिन्धुलीको सदरमुकाम रहेको कमलामाई नगरपालिकामा पुरुष २२ हजार ४ सय ७० र महिला २२ हजार २८ गरि जम्मा ४५ हजार २८ मतदाता रहेका नगरमा ३७ मतदानस्थल र ६२ मतदान केन्द्र तोकिएको छ । दुघौली नगरपालिकामा पुरुष २३ हजार ६ सय ५५ र महिला २३ हजार ३ र अन्य १ जना गरि जम्मा ४६ हजार ६ सय ५९ मतदाता रहेका नगरमा २४ मतदानस्थल र ५९ वटा मतदान केन्द्र तोकिएको छ ।

तिनपाटन गाउँपालिकामा पुरुष १३ हजार ३ सय ५० र महिला १२ हजार ५ सय ५४ गरि जम्मा २५ हजार ९ सय ०४ मतदाता कायम रहेको गाउँपालिकमा १९ मतदानस्थल र ३२ वटा मतदान केन्द्र रहेको छ ।हरिहरपुरगडी गाउँपालिकामा पुरुष ९ हजार १ सय ३० र महिला ८ हजार ३ सय ३३ गरि जम्मा १७ हजार ४ सय ६३ मतदाता कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र २१ वटा मतदान केन्द्र रहेको छ ।

त्यस्तै सुनकोशी गाउँपालिकामा पुरुष ९ हजार ४ सय २७ र महिला ८ हजार ७ सय २७ गरि जम्मा १८ हजार १ सय ५४ मतदाता कायम रहेको गाउँपालिकमा १२ मतदानस्थल र २४ वटा मतदान केन्द्र रहेको छ । उता गोलन्जोर गाउँपालिकामा पुरुष ७ हजार ६ सय ४३ र महिला ७ हजार ६ सय ३९ गरि जम्मा १४ हजार ३ सय ८२ मतदाता कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेको छ ।घ्याङलेख गाउँपालिकामा पुरुष ५ हजार १ सय ५२ र महिला ४ हजार ८ सय २३ गरि जम्मा ९ हजार ९ सय ७५ कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेको छ ।

फिक्कल गाउँपालिकामा पुरुष ६ हजार ३ सय १२ र महिला ५ हजार ६ सय गरि जम्मा ११ हजार ९ सय ७५ मतदाता कायम रहेको गाउँपालिकमा १३ मतदानस्थल र १६ वटा मतदान केन्द्र रहेको छ ।मरिण गाउँपालिकामा पुरुष ८ हजार ८ सय ३ र महिला ८ हजार ४३ गरि जम्मा १६ हजार ८ सय ४६ मतदाता कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र २१ वटा मतदान केन्द्र रहेको छ ।यसैगरी हरिहरपुरगडी गाउँपालिकामा पुरुष ९ हजार १ सय ३० र महिला ८ हजार ३ सय ३३ गरि जम्मा १७ हजार ४ सय ६३ मतदाता कायम रहेको गाउँपालिकमा ९ मतदानस्थल र २१ वटा मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया