बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा काँग्रेसको घरदैलो अभियान तीव्र

आइतवार , चैत्र २०, २०७८

सिन्धुली – आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर नेपाली काँग्रेसले सिन्धुलीमा चुनावी गतिविधि बढाएको छ । दुइ नगरपलिका र सात गाउँपालिका रहेको सिन्धुलीमा काँग्रेसले सबै पालिकामा घरदैलो अभियानलाई तीव्रता दिएको हो ।

नेपाली काँग्रेसले घोषणा गरेको ‘घरघर जाऔँ, काँग्रेस जिताऊँ’ अभियान लिएर नेताहरू वडास्तरसम्म परिचालन भएको काँग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट पार्टी प्रशिक्षण लगायतका काम गरिसकेको काँग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटकको माहोल आफ्ना पक्षमा रहेको दाबी गरिरहेको छ ।

नेपाली सिन्धुलीको सभापति उपेन्द्र पोखरेलले यस पटक दुई वटै ७ गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गर्ने बताउनु भयो। उहाँले समृद्ध सिन्धुली निर्माणका लागि आगामी निर्वाचनमा सिन्धुली नागरिकले यस पटक काँग्रेस नै रोज्ने उहाँको धारणा छ । हाल काँग्रेसले नेतृत्व गरिरहेका गाउँपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले पनि समृद्ध सिन्धुलीका निर्माणका लागि काँग्रेसकै नेतृत्व आवश्यक रहेको पुष्टि गरेकाले पनि आसन्न स्थानीय तह निर्वाचनमा यहाँका सबै पालिकामा काँग्रेस विजयी हुने उहाँले बताउनुभयो ।

नौँ स्थानीय तह भएको सिन्धुलीमा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले ३ गाउँपालिका, नेकपा (एमाले) ले दुई नगर पालिका र एक गाउँपालिकामा विजय हासिल गरेको थियो । भने नेकपा माओबादी केन्द्रले तिन गाउँपालकामा विजय हासिल गरेको थियो । सिन्धुलीमा २ लाख ६ हजार ३३६ मतदाता रहेका छन् ।

प्रतिक्रिया