बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कमलामाईमा पनि काँग्रेसको उम्मेद्बार सर्वसम्मत

शुक्रवार , चैत्र १८, २०७८

सिन्धुली – यही वैशाख ३० गते शुक्रवारको दिन हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ७ मा वडाध्यक्षको उम्मेद्बार सर्वसम्मत टुंग्याएको छ ।

पार्टीको राजनीतिमा करिब बिसौँ वर्ष देखि संलग्न रहेका मुन्ना बम्जनलाई लाई शुक्रवार बसेको नेपाली काँग्रेस कमलामाई नगरपालिका वडा नं ७ को बैठकले सर्वसम्मत वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । बम्जन कमलामाई नगरपालिका वडा नं. ७ को प्रा बि थाक्ले डाडामालामो समय अस्थायी शिक्षक नियुक्त भै त्यही बाट सेवा निबृत हुनु भएको हो ।

वडाध्यक्षको लागि लोकप्रिय उम्मेद्बार भएको भन्दै काँग्रेसले बम्जनलाई अगाडी बढाएको हो । २०७४ को निर्वाचनमा यस वडामा एमालेकोउम्वेवार कर्णबहादुर घिसिङ बिजयी हुनु भएको थियो । कार्यक्रममा काँग्रेस नेता कमलाई नगरपालिकाका र वडा नं ७ का नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया