सिन्धुली – यही वैशाख ३० गते शुक्रवारको दिन हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले सिन्धुलीको दुधौली नगरपालिका वडा नं ५ मा वडाध्यक्षको उम्मेद्बार सर्वसम्मत टुंग्याएको छ ।
पार्टीको राजनीतिमा करिब ३० वर्ष देखि संलग्न रहेका मदन काफ्लेलाई बिविारह बसेको नेपाली काँग्रेस दुधौली नगरपालिका वडा नं ५ को बैठकले सर्वसम्मत वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । काफ्ले गाउँमै बसेर निरन्तर सामाजिक सेवामा समर्पित हुनुहुन्छ ।
वडाध्यक्षको लागि लोकप्रिय उम्मेद्बार भएको भन्दै काँग्रेसले काफ्लेलाई अगाडी बढाएको हो । २०७४ को निर्वाचनमा यस वडामा काँग्रेसले जितेको थियो । कार्यक्रममा काँग्रेस नेता उज्वल बराल नेतृ गंगा दाहाल नेपाली काँग्रेस दुधौली नगरपालिकाका र वडा नं ५ का नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।