सिन्धुली,– आउदो बैशाक ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै सिन्धुलीमा नेकपा माओवादी केन्द्रले चुनावी गतिविधिलाई तिव्र बनाएको छ ।पार्टीले चुनाव लक्षित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिएको हो ।
पार्टीले अहिले जिल्लाका नौ वटै स्थानिय तहरुमा दिनमा दुई, तिन वटा सम्म चुनाव लक्षित कार्यक्रमहरु आयोजना गरी कार्यकर्ता तथा जनतामा आफ्नो चुनावी एजेण्डाको बारेमा प्रष्ट्याउदै आएको छ ।
जिल्लाका नाँै वटै स्थानिय तहका टोल तथा वडा सम्म पार्टीका गतिविधि बढाउन चुनाव केन्द्रित विभिन्न कमिटिहरु निर्माण गरी परिचालन गरिएको नेकपा माओवादी केन्द्रका ईन्चार्ज लेखनाथ दाहाल(राजन)ले बताउनुभयो । पार्टीले सोमवार कमलामाई नगरपालिका ९ मा कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।
त्यस्तै कमलामाई नगरपालिका १ चौराहीमा वडा कमिटिको चुनावी गतिविधि बढाउनका लागि सम्पर्क कार्यालय स्थापना गरी सोमवारनै ईन्चाज दाहालले उदघाटन गर्नुभएको छ ।