सिन्धुली – नेकपा(एमाले)का केन्द्रिय सदस्य तथा बुद्धिजिवि परिषद केन्द्रिय इन्चार्ज मनोजजंग थापाले बुद्धिजिवि परिषद पार्टीको मुल खम्बाको रुपमा रहेको बताउनु भएको छ ।
शनिवार सिन्धुलीमाढीमा सम्पनन् बुद्धिजिवि परिषदको नबाँै जिल्ला अधिवेशनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेता थापाले भन्नु भयो, “बुद्धिजिविहरुको भुमीका पार्टी निर्माणमा महत्वपुर्ण हुँदै आएको छ र हुन्छ पनि विचार निर्माण देखी पार्टीलाई सुदृढिकरण र सुद्धिकरण सम्म बुद्धिजिवी समुदायको भुमिका अतुलनीय हुन्छ ।” इन्चार्ज थापाले आफ्नो मन्तब्य राख्दै बुद्धिजिवि परिषद् पार्टीको मुल खम्बाको रुपमा उभिनु पर्नेमा जोड दिनु भयो ।
पार्टीलाई मार्गनिर्देश गर्ने, सल्लाह सुझाव दिने र महत्वपूर्ण निर्णयहरुमा बुद्धिजिवि परिषद्ले अग्रणि भूमिका खेल्नुपर्नेमा उहाँको जोड थियो । आसन्न निर्बाचनमा केन्द्र देखि वडा तह सम्मको घोषणापत्र तयार गर्न र दुरगामी योजनाहरु ल्याउन बुद्धिजिवि परिषद्ले महत्वपूर्ण भुमिका निर्वाह गर्न सवै सहभागीलाई आग्रह गर्नु भयो ।
थापाले बुद्धिजिवि परिषद् र बुद्धिजिवि भनेपछि शहरमा बस्ने, पढेलेखेका धेरै जाने बुझेका, सूचना र श्रोतको पहुँचमा पुगेका व्यक्तिहरुलाई बुझिने भएपनि सक्रियताको हिसावमा विकट कर्णाली प्रदेशका संगठनहरु बढि सक्रिय र प्रभावकारी भूमिकामा रहेको जानकारी गराउदै सिन्धुली जिल्लाको बुद्धिजिवि परिषद्ले नमुना र उदाहरणिय योजना सहित काम गर्नुपर्ने बताउनु भयो ।
आसन्न स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्न आ–आफ्नो क्षेत्रबाट लागिपर्न निर्देशन गर्दै थापाले माओवादीले द्वन्द्ध कालमा नै कम्युनिष्ट चरित्र गुमाउन सुरु गरेकोले अब समृद्धि र विकासको एजेण्डा सहित एमालेको नेतृत्वमा देश विकासका लागि अगाडि बड्नुको विकल्प नभएको बताउनु भयो ।
शनिबार सम्पनन् नेकपा एमाले निटकको नेपाल बुद्धिजिवि परिषद्कोसिन्धुलीको नबौ जिल्ला अधिवेशनले शम्भु दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रोहित कार्की, सचिवमा रेनुराज देवकोटा, सह सचिव दिपक तिमल्सीना र नवराज काफ्ले, कोषाध्यक्षमा धनमाया राई रहेका छन । अधिवेशन परिषद्का अध्यक्ष शुरेश फूयाँलको अध्यक्षता सम्पनन् भएको थियो ।