सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ स्थित नेकपा एमाले बोझेको सम्पुर्ण टोल कमिटी नै उमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रबेश गरका छन् । शनिवार बोझेको टोल भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमाले बोझे टोल कमिटीका अध्यक्ष तिलक बहादुर थापा मगर त्यस्तै उपाध्यक्ष बिष्णु तामाङको नेतृत्वमा सम्पुर्ण कमिटीनै माओबादी केन्द्रमा प्रबेश गरेको हो ।
नबप्रबेशिहरु लाई संघिय सांसद तथा पुर्ब कृषिमन्त्री हरीबोल गजुरेल, प्रदेश सांसद तथा माओबादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन),माओबादी केन्द्रका केन्द्रिय सदस्य सबिता कोइरालाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघिय सांसद तथा पुर्ब कृषिमन्त्री हरीबोल गजुरेलले अब बिस्तारै जनताले आफ्नो घर खोज्दै आउने बताउनु भयो । बिभिन्न भ्रममा छरिएर रुमलिएर रहेका नेता तथा कार्यकर्ता आफ्नो घर नै फिर्ता हुने बताउनु भएको हो ।

उहाँले लामो समय देखि स्थानिय बासिन्दालाई माडीबजार र बोझे जोड्ने पुल नहुँदा भोग्नु परेको समस्याको समाधानको लागी लब्दाहा खोलामा पुल निर्माणको लागी पहल गर्ने बताउनु भयो । बोझे खोलामा पुल निर्माणको लागी संघमा पहल गर्ने बताउनु भएको हो ।
प्रदेश सांसद तथा माओबादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन)ले बोझेका स्थानियबासिलाई खानेपानीको समस्या भएको भन्ने गुनासो आएकोले उक्त समस्या छिटै समाधान गरिदिने प्रतिबद्धता जनाउनु भएको छ ।
उहाँले कमलामाई नगरपालिका ५ मा काँग्रेसबाट वडाअध्यक्ष जितेकाले बोझेका स्थानीयहरूको आवश्यकता पूरा नभएको बताउनुभयो । उहाँले चुनावमा मत दिए नी नदिए पनि माओवादीले सबै जनताको काम गर्ने बताउनुभयो ।
यसबैबिच शनिवारनै माओबादी केन्द्रको बोझेमा भोजराज थापा (नवराज)को अध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । भेला तथा प्रशिक्षण कार्यक्रममा कमलामाई नगरपालिकाका नगरइन्चार्ज यम कुमार देबकोटा लगातको उपस्थिती रहेको थियो ।
हरिहरपुरगढीमा माओवादीमा प्रवेश
यसैगरि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका कमिटीको तेस्रो पुर्ण बैठक तथा कार्यकर्ता भेला शनिबार सुरू भएको छ ।
हरिहरपुरगढी गाउपालिका –७ क्यानेश्वरमा नेकपा माओवादी केद्र हरिहरपुरगढी गाउँ कमिटी अध्यक्ष कारसाङ लामाको अध्यक्षता तथा जिल्ला ईन्चार्ज लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यमा कार्यक्रम सुरू भएको हो ।
कार्यक्रममा नेकपा एमाले हरिहरपुरगढी गाउँ कमिटीका सदस्य जित बहादुर भोलनको नेतृत्वमा झन्डै एक दर्जनौं कार्यकर्ता एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई जिल्ला ईन्चार्ज दाहालले अबिर लगाएर पार्टीमा स्वागत गर्नु भयो ।