सिन्धुली – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ ले वडाध्यक्षको उम्मेद्बार सर्वसम्मत टुंग्याएको छ ।
पार्टीको राजनीतिमा करिब ३० वर्ष देखि संलग्न रहनु भएका राजन दाहाललाई शुक्रवार बसेको नेपाली काँग्रेस दुधौली नगरपालिका वडा नं ७ को बैठकले सर्वसम्मत वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो ।
वडाध्यक्षको लागि राजन दाहाल, कृष्णचन्द्र दाहाल र बेद कार्कीको दाबी रहँदै आएको थियो । २०७४ को निर्वाचनमा यश वडामा काँग्रेसले जितेको थियो ।
यो पनि
‘घर घर जाऔ काँग्रेस जिताऔ’ अभियानको सिन्धुलीमा एकैसाथ
उद्घाटन

सिन्धुली – आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन काँग्रेस सिन्धुलीले ‘घर घर जाऔ काँग्रेस जिताऔ’ अभियानको शुक्रबार ७७ ओटा उद्घाटन गरिएको छ भने बाँकी २ वडामा पनि तत्काल गर्ने काँग्रेस सिन्धुलीले जनाएको छ । नेपाली काँग्रेस सिन्धुलीले जिल्लाका सबै वडामा निर्वाचन लक्षित कार्यक्रम गर्न नेता तथा कार्यकर्तालाई प्रतिनिधिका रुपमा खटाएसँगै प्रतिनिधिहरु कार्यक्षेत्रमा गएर अभियानको उद्घाटन गरेका छन् ।
काँग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेलको संयोजकत्वमा अनुगमन समिती गठन गरी जिल्ला अनुगमन समितीका सदस्यहरु दिन भर ब्यस्त रहनुभएको थियो । प्रत्येक वडामा काँग्रेसका नेताहरु मात्र नभइ क्रियाशील सदस्यहरु अभियान सफल पार्न आफ्नो वडामा जमघट भइ एकता र उत्साहको सन्देश दिएका छन् ।
सुनकोशी गाँउपालिकाको सबै वडामा अभियान भब्यताका साथ उद्घाटन भएको वडामा खटिएका प्रतिनिधिहरुले बताएका छन् । सुनकोसी गाँउपालिका वडा नं. ५ मा अभियानको पहिलो दिनमै काँग्रेसको उत्साहजनक उपस्थिती भएको र घरघर जान काँग्रेसका प्रतिनिधि आतुर देखिएको संयोजक अत्यूत आचार्यले बताउनुभयो । उहाँका अनुसार मतदाताको घरदैलो अभियान समेत काँग्रेसले तत्कालै सुरु गर्ने भएको छ ।
यस्तै वडा नं. ३ मा उद्घाटन समारोहमा बाक्लो उपस्थिति रहेको संयोजक कृष्णप्रसाद दाहालले बताउनुभयो । स्थानिय स्तरमा एमसीसीको विषय अलि बढी बुझाउनु पर्ने देखियो, उहाँले भन्नुभयो, “त्यसका अलवा काँग्रेसले गरेका कामहरु पनि मतदाता माझ लैजानुपर्ने छ ।”
आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन निर्वाचन केन्द्रित घर घर जाऔ काँग्रेस जिताऔ अभियान अन्र्तगत पार्टीले जिल्लाका सबै वडामा प्रतिनिधि खटाएको र शुक्रबार ११ बजे जिल्लाभर अभियानको एकसाथ उद्घाटन भएको नेपाली काँग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै हरिहरपुरगढी गाउँपालिकामा वडा नं. २ मा सुरत राईको सभापतित्व तथा चेक बहादुर थिङ र तारा घिमिरे बिकको संयोजकत्वमा २५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जिल्लाको मरिण गाउँपालीकाको सबै वडामा अभियानको उदघघाटन गर्दै वडा नं. २ मा महिला संघ र तरुण दलको वडा समिति गठन गरिएको छ । जानकी पिठाकोटे मगरको सभापतित्वमा ११ सदस्यीय महिला संघ र हिरालाल लो को सभापतित्वमा १७ सदस्यीय तरुण दलको वडा समिति गठन गरिएको नेपाली काँग्रेस बागमती प्रदेश सदस्य कोकील अस्थानी मगरले जानकारी दिनुभएको छ ।
अभियानको उदघघाटन कार्यक्रमको अवसरमा कमलामाई नगरपालिका ११ मा बिभिन्न पार्टी परित्याग गरि ५३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले जिल्लाका ७९ ओटै वडामा संयोजक सहित पाँच जनालाई प्रतिनिधिको रुपमा खटाएको छ । यसरी जिल्लाबाट वडामा खटिनेमा पार्टीका पुर्व पदाधिकारी सहितलाई वडामा काँग्रेस जिताऔ अभियानमा सहजिकरण गर्न प्रतिनिधिको रुपमा खटाएको काँग्रेस सिन्धुलीले जनाएको छ । जिल्लाले खटाएका प्रतिनिधिहरुले सम्बन्धित वडामा गएर वडा समिति टोल समिति भातृ एवम् शुभेच्छुक संस्थालाई गतिशिल बनाउदै घर घर जाँऔ काँग्रेस जिताऔ अभियान सफल बनाउन भुमिका निर्वाह गर्न प्रत्येक वडामा प्रतिनिधिहरु पुगेका छन् ।
अभियानको उदघाटन कार्यक्रमको अवसरमा कमलामाई नगरपालिका ११ मा बिभिन्न पार्टी परित्याग गरि ५३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।