बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जनताले छानेर उम्मेदवार पठाउन राजन दाहालको निर्देशन

बुधवार , चैत्र ९, २०७८

सिन्धुली – नेकपा माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ ले आगामी बैशाक ३० गतेहुने स्थानिय तहको निर्वाचनको उम्मेदवार जनताले छानेर पठाउन निर्देशन दिनु भएको छ ।

सुनकोसी गाउँपालिका ३ माओवादी पार्टी कार्यलय उदघाटन समारोहमा बोल्दै माओवादीलाई चुनाव हार्न छुट नभएको र पार्टीले स्थानीय तहको उम्मेदवार छान्न हस्तक्षेप नगर्ने बताउनु भयो । स्थानीय तहको चुनावमा जनता आफू स्वंयमले आफ्नो उम्मेदवार छानेर पठाउन पर्ने जिकिर उहाँको थियो ।

सिन्धुली जिल्लामा बहुमत स्थानीय तह माओवादी केन्द्रले जित्ने र सुनकोशीमा पनि माओवादी केन्द्रले नै जित हासिल गर्ने उहाँको दाबी थियो । “विकास, समृद्धि र समानता’ माओवादीको नारा हो भन्दै,” उहाँले भन्नु भयो “जस्को नीति उसैको नेतृत्व भन्ने नारा मात्र हैन हामीले व्यावहारमा पनि लागू गराउन पर्छ ।”

हामीलाई चुनाव हार्न छुट छैन हामी यो व्यवस्था नयाँ हो तर कमजोर छैन भन्नुभयो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आदि दर्जन कार्यकर्ता माओवादी पार्टीमा प्रवेश गरेका थिए ।

अहिले सिन्धुली जिल्लामा स्थानीय तह चुनावको घोषणासगैं चुनावी माहोल तातिएको छ । निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पुर्‍याइएको छ । क्षेत्र, प्रदेश, जिल्ला, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छन् । जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने र निर्वाचन केन्द्रित अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया