बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

सोमवार , चैत्र ७, २०७८

सिन्धुली – सिन्धुलीे जिल्लाभर नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको टोल कमिटि गठन तथा वडा स्तरीय कार्यालय उदघाटन तिब्र रुपमा चलिरहेको छ । चुनाव नजिकिएसँगै माओवादी केन्द्रले जिल्लाभर नै सक्रियता बढाएको छ ।

यसै बिच सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. २ मा सोमवार माओवादी केन्द्रको वडा पार्टी कार्यालय उदघाटन भएको छ । पार्टी कार्यालयको उदघाटन नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य तथा सुनकोशी गाउँपालिका उपाध्यक्ष दिर्बसिं मोक्तानको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समितीका सदस्य तथा सुनकोशी गाउँपालिका नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका पार्टी उपाध्यक्ष उपेन्द्र कोइरालाको बिशेष आतिथ्यतामा २ नं. वडा पार्टी कार्यालयको उदघाटन सम्पन्न भएको छ ।

सोही कार्यक्रममा नेकपा एमाले परित्याग गरि करिब एक दर्जन कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया