बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सुरु हुन सकेन

मंगलवार , चैत्र १, २०७८

सिन्धुली, – नेपाली काँग्रेसले आइतवार देखि देशभर चुनावी अभियान अन्तर्गत घरघर जाऔं काँग्रेस जिताऔं अभियान सुरु गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर १ महिना सम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डा बारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गर्नको लागि १ महिने अभियान संचालन गर्न लागिएको हो ।

देशभर यो अभियान आइतवार बाट सुरु गर्ने भनिए पनि सिन्धुलीमा भने यो अभियान सुरु हुन नसकेको नेपाली काँग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले जानकारी दिनुभएको छ ।

अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिएकोमा सिन्धुलीमा परिचालन गरिएको काँग्रेसका केन्द्रिय सदस्य मुक्ता यादव सिन्धुली नआइपुग्नु भएको कारण अभियान सुरु गर्न नपाएको उहाँले बताउनुभयो । मुक्ता यादवको गृह जिल्ला धनुषा भएकाले धनुषामा काँग्रेसको जिल्ला अधिवेशन चलि रहेको कारण उहाँ आइनसक्नु भएको हो ।

काँग्रेसका केन्द्रिय सदस्य मुक्ता यादव को संयोजकत्वमा जिल्ला कार्यसमिति सिन्धुलीको समन्वमा एउटा वडामा १ जना जिल्लाको प्रतिनिधी र सहजता हेरेर अरु २ जना प्रतिनिधीको समुह बनाई प्रत्येक टोलटोलमा पठाई कांग्रेसलाई जिताउन अभियान संचालन गरिने सचिव बस्नेतले जानकारी दिनुभयो ।

कँंग्रेस सिन्धुलीले आज बाट चुनावी अभियान अन्तर्गत घरघर जाऔं कांग्रेस जिताऔं अभियान सुरु गर्न नसके पनि घरघरमा गएर साक्षात्कार कार्यक्रम हरु संचालन गरि रहेको सचिव इश्वर पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया