सिन्धुली – नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको शनिवार सम्पन्न जिल्ला अधिबेशनले सर्बसम्मत रुपमा पदम मगरको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
सिन्धुलीमाडीमा सम्पन्न भएको अधिबेशनको नेतृत्वमा पुर्ब सभापती पुरुषोत्तम दाहाल र पदम मगरको नाम आएपनि अन्त्यमा पदम मगरको नेतृत्वमा सर्बसम्मत भएको नब निर्वाचित उपाध्यष्क्षमा प्रभुनाथ प्याकुरेलले जानकारी दिनुभयो ।
सर्बसम्मत हुनेहरुमा उपायक्षमा प्रभुनाथ प्याकुरेल, सचिव दिल्ली सौगात घिमिरे हुनुहुन्छ । यसैगरी सहसचिवमा सरोज फुयाल र कोषाध्यक्षमा नारायण अधिकारी पनि सर्वसम्मत हुनुभएको छ ।
अधिवेशनले २१ सदस्यिय कार्यसमिती र ७ जना प्रदेश प्रतिनिधि तथा ५ जना केन्द्रीय प्रतिनिधि चयन गरेको प्याकुरेलले जानकारी दिनु भयो । महिला उपाध्यक्ष भने खाली राखिएको छ ।
अधिवेशनबाट खुला सदस्यमा इन्द्र बहादुर दुलाल, हेमन्त खड्का, भीम श्रेष्ठ, सुनिल न्यौपाने, रणबहादुर कार्की र गणेश खड्का निर्वाचित भएका छन ।
यसै गरि खुला महिला सदस्यमा इन्दिरा पहाडी, अस्मिता लुंगेली, इन्द्र कुमारी देवकोटा निर्विरोध निर्वाचित भएका छन । दलित सदस्यमा युवराज परियार, जनजाती सदस्यमा लाक्पा दोर्जे तामाङ, श्रेणी विहिन सदस्यमा जित बहादुर खत्री, मधेशी सदस्यमा सुवास चन्द्र यादव निर्वाचित भए ।
यस्तै केन्द्रीय प्रतिनिधिमा पुरुषोत्तम दाहाल, दीपक काफ्ले, अशोक झा र हेम बहादुर थापा निर्वाचित भए । सिविए प्रतिनिधिमा तिलक बहादुर कार्की, सहकारी प्रतिनिधिमा रोहित कार्की चयन भएका छन ।
अधिवेशनमा उमेदवारी नपरी खाली भएका महिला उपाध्यक्ष १, खुला सदस्य १, महिला सदस्य २, महिला केन्द्रीय प्रतिनिधि १ पदमा कार्यसमितिले निर्णय गरि मनोनयन गरिने गरि अधिवेशन सकिएको छ ।
शनिबार उद्घाटन भएको अधिवेशन आइतबार विहान सम्पन्न भएको थियो ।